बुधबार, जेठ २०, २०८३

मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्रे हुँदै

 |  बुधबार, मंसिर १२, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १२, २०८१
National life
Shivam cement

बागलुङ- राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको १३ किलोमिटर कालोपत्र प्रायः पूरा भएको छ।  हालसम्म १० किलोमिटर ‘पिच’ भएको छ। अछेते बजारदेखि बिहुँ-बयलडाँडा खण्डमा ग्राभेलको काम जारी छ।

'दश किलोमिटरमा सिङ्गल कोट कालोपत्र भयो बाँकी आगामी पुस मसान्तसम्ममा पूरा गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको छ', निर्माण व्यवसायी राजु गौतमले भने। लोकमार्गअन्तर्गत बागलुङ खण्डमा एक सय ४२ किलोमिटर पर्छ। सदरमुकाम बागलुङ बजार बाहेक अन्य स्थानमा  चार वर्ष अघिनै कालोपत्र भएको हो। 

यसैगरी, बिहुँदेखि घोडाबाँधेसम्मको १२ किलोमिटर खण्डको काम नयाँ निर्माण व्यवसायीलाई दिइएको छ। हालसम्म उक्त खण्डमा ७७ प्रतिशत वित्तीय र ८० प्रतिशत भौतिक प्रगति भएको पर्वतस्थित मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका इञ्जिनियर कल्पना मिश्रले बताए। रासस

प्रकाशित: Nov 27, 2024| 19:31 बुधबार, मंसिर १२, २०८१
प्रतिक्रिया दिनुहोस्