शनिबार, मंसिर २९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

होटल तथा कर्पोरेट हाउसका लागि उपयोगी 'Sokon EC36'

 |  बुधबार, मंसिर १२, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १२, २०८१

ntc landingntc landing

काठमाडौं- ११ सिट क्षमता रहेको Sokon EC36 इलेक्ट्रिक भ्यान नेपाली बजारमा हालैमात्र सार्वजनिक भएको हो। यो एउटा पूर्ण विद्युतीय सवारीसाधन हो जसले एक पटक फुल चार्ज गर्दा ३०० किलोमिटरसम्म रेन्ज दिन्छ।

himalayan bank box

EC36 ६० किलोवाट क्षमताको इलेक्ट्रिक मोटरबाट पावर्ड छ जसले ८२ हर्सवापर र २०० एनएम टर्क उत्पादन गर्छ। यसको अधिकतम गति १०० किलोमिटर प्रतिघण्टा रहेको छ।

EC36 केही विशेष फिचरहरु निम्न छन्-
•    ४२ किलोवाटको लिथियम आइरन फोस्फेट ब्याट्री
•    एयर कन्डिसन
•    पावर विन्डोज
•    सेन्ट्रल लकिङ
•    एन्टि लक ब्रेकिङ सिस्टम
•    इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल
•    रिभर्सिङ क्यामेरा
•    ब्लुटुथ कनेक्टिभिटी
•    टच स्क्रिन मल्टिमिडिया इन्फोटेनमेन्ट सिस्टम
•    यात्रुको सुविधाका लागि पर्याप्त स्पेस
•    चार्जिङ टाइम: एसीमा ७-८ घण्टा, डीसीमा १.३ घण्टा
•    ग्राउण्ड क्लियरेन्स: १८८ एमएम
•    एयरब्याग: दुई वटा


नेपाली बजारमा EC36 को मूल्य ४५ लाख ५० हजार रुपैयाँबाट सुरु हुन्छ। सिंगल ट्रिम लेभलमा यो गाडी उपलब्ध छ। सडकको महानायकका रुपमा पनि चिनिने EC36 गाडीको ब्राण्ड एम्बासडर महानायक राजेश हमाल हुन्।

EC36 गाडीले सुविधा सुरक्षा आम्दानी र बचतको महानायकको रुपमा काम गर्ने कम्पनीको भनाइ छ। सोकोन कम्पनी इभी, एसयूभी र एमभीपी उत्पादन गर्ने चीनको अग्रणि कम्पनी हो। यसले हालसम्म ३५ लाखभन्दा बढी उत्पादन विश्वव्यापी रुपमा डेलिभरी गरिसकेको छ। विश्वका ३० भन्दा बढी देशमा यसको उपस्थिति रहेको छ। सोकोनले नवप्रवर्धन र उत्कृष्टता प्रतिको आफ्नो प्रतिबद्धतालाई प्रदर्शन गर्न संयुक्त राज्य अमेरिका, जापान, जर्मनी र चीनमा आर एण्ड डी केन्द्रहरू समेत स्थापना गरेको छ ।

vianet

EC36 गाडी नेपाली बजारमा एमएडब्लु वृद्धि कमर्सियल भेइकल प्रालिले ल्याएको हो। यो कम्पनी EC36 गाडीको नेपालका लागि आधिकारिक वितरक रहेको छ।

 

प्रकाशित: Nov 27, 2024| 15:53 बुधबार, मंसिर १२, २०८१
प्रतिक्रिया दिनुहोस्