आइतबार, फागुन ३, २०८२

३९ अंकले बढ्यो नेप्से

 |  बुधबार, मंसिर १२, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १२, २०८१

काठमाडौं- बुधबार सेयर बजारको परिसूचक नेप्से ३९.७० अंक बढेको छ। सो अंकको वृद्धिपछि २७५६.३७ मा कायम भएको छ। बजारको परिसूचकसँगै कारोबार रकम पनि बढेको छ। अघिल्लो दिन ७ अर्ब ४५ करोडको कारोबार भएकोमा आज ९ अर्ब ३१ करोडको भयो।

National life

२०० कम्पनीको मूल्य बढ्दा ३८ को घट्यो भने ६ को स्थिर रह्यो। फाइनान्सबाहेक सबै सेक्टरका सूचक बढे।

फाइनान्स समूह ०.४७ प्रतिशत घट्यो। व्यापार समूह सबैभन्दा धेरै ९.२ प्रतिशत बढ्यो। यस समूहमा जम्मा दुई कम्पनी विशाल बजार र साल्ट ट्रेडिङ मात्रै सूचीकृत छन्। आज विशाल बजारको मूल्य १० प्रतिशत बढ्दा समग्र सेक्टरलाई बढी प्रभाव पर्यो।

विकास बैंक समूह ३.१८ प्रतिशत बढ्यो। बैंकिङ ०.३१, होटल तथा पर्यटन १.४४, हाइड्रोपावर १.६७, लगानी ०.७९, जीवन बीमा २.८१, उत्पादन ०.६३, माइक्रोफाइनान्स ०.९६, निर्जीवन बीमा १.१८ र अन्य समूह ०.५६ प्रतिशत बढे।

९ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो। विशाल बजार कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, सपोर्ट माइक्रोफाइनान्स, सप्तकोशी विकास बैंक, कर्णाली विकास बैंक, सिन्धु विकास बैंक, मानुषी लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक र सुपर मादी हाइड्रोपावर मूल्य १० प्रतिशत बढ्यो।

Laxmi sunrise bank

प्रकाशित: Nov 27, 2024| 15:46 बुधबार, मंसिर १२, २०८१
प्रतिक्रिया दिनुहोस्