मंगलबार, पुस १, २०८२

इजरायल र लेबननबीच युद्धविरामको सहमति

 |  बुधबार, मंसिर १२, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १२, २०८१

इजरायल र लेबननबीच युद्धविरामको सहमति भएको छ। मंगलबार राति युद्धविराम गर्ने प्रस्तावलाई इजरायलको सुरक्षा क्याबिनेटले पारित गरेको हो।

National life

योसँगै दुई महिनादेखि भएको इजरायल र हिजबुल्लाहबीचको युद्ध रोकिएको छ। इजरायलले बुधबार बिहान स्थानीय समयअनुसार ४ बजेदेखि युद्धविरामको सहमति कार्यान्वयन हुने भनेको समाचार संस्था सिएनएनले जनाएको छ।

यद्यपि इजरायलले मंगलबार नै लेबननको राजधानी बेरूतनजिक दक्षिणी क्षेत्रलाई निशाना बनाएर बमबारी गरेको थियो। मंगलबारको बमबारीलाई युद्ध सुरू भएयताकै सबैभन्दा भारी बमबारी भनिएको सिएनएनले उल्लेख गरेको। बेरूत नजिक २ मिनेटमा २० पटक विस्फोट गराइएको थियो।

आक्रमणमा परी कम्तिमा २५ जनाको मृत्यु भएको भनिएको छ। सोमबार एकैदिन ५५ जनाको मृत्यु भएको थियो। इजरायल र हिजबुल्लाहबीचको युद्धको दुई महिनाको अवधिमा लेबननमा हजारौंले ज्यान गुमाएका छन्।

गत असोजको सुरूवातमा इजरायलले लेबनानमा पेजर विस्फोट गराएको थियो। हिजबुल्लाहले त्यसको जबाफमा इजरायलमा हवाई आक्रमण गरेको थियो। त्यसयता इजरायली आक्रमणमा परी हिजबुल्लाहका कमाण्डरहरूसमेत मारिएका थिए।

Laxmi sunrise bank
kumari

युद्धविरामपछि इजरायली सेनाहरू लेबननबाट फिर्ता हुनेछन्। लेबननबाट इजरायली सेनालाई फर्काउन ६० दिनको समय दिइएको छ। 

प्रकाशित: Nov 27, 2024| 08:18 बुधबार, मंसिर १२, २०८१
प्रतिक्रिया दिनुहोस्