मंगलबार, पुस १, २०८२

लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानमा एनसेलको सहकार्य

 |  मंगलबार, मंसिर ११, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ११, २०८१

काठमाडौं- नेपालले विश्वभर मनाइने लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमा एनसेल लगायत चार संस्थाको सहकार्यमा काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरिएको छ।

National life

एनसेल फाउन्डेसन, जोन्टा क्लब काठमाडौं, यूएनएफपीए र युनिसेफद्वारा आयोजित उक्त कार्यक्रममा महिला नेतृत्वमा रहेका संस्था, निजी क्षेत्रका प्रतिनिधि र विभिन्न सरोकारवालाहरूले बालविवाह अन्त्यका समाधानबारे छलफल गरे।

कार्यक्रममा जोन्टाका अध्यक्ष विना रानाले बालविवाह रोक्न सबै पक्षको सहकार्य अपरिहार्य रहेकोमा जोड दिइन्। महिला, बालबालिका, तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव दीपक ढकालले बालविवाह मानव अधिकारको उल्लङ्घन भएको र यसलाई समाधान गर्न विभिन्न क्षेत्रको सहकार्य आवश्यक रहेको बताए।

महिला अधिकारकर्मी तथा युनाइटेड नेसनकी सीईडीएडब्ल्यू कमिटी सदस्य बन्दना रानाले महिलाहरू र किशोरीहरूको विविध आवश्यकतालाई प्राथमिकतामा राखेर काम गर्ने संस्थाहरूले लैंगिक समानता प्रवद्र्धन गर्न र स्थायी परिवर्तन ल्याउन सक्षम रहेको बताइन्।

एनसेलकी हेड अफ कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर विशाखा लक्ष्मी खड्काले नेपालको एक अग्रणी निजी क्षेत्रको रूपमा एनसेल समावेशी र समानतामा आधारित समाज निर्माणप्रति प्रतिबद्ध रहेको बताइन्। लैंगिक हिंसाको अन्त्य गर्नु केवल सामाजिक आवश्यकता मात्र नभई सबैको नैतिक जिम्मेवारी पनि हो भन्ने विश्वास कम्पनीले राख्ने गरेको उनले बताइन्।

Laxmi sunrise bank
kumari

कार्यक्रममा युनिसेफ नेपालकी जी ह्युन राहले विभिन्न सहकार्यबाट बालविवाहको चक्र तोड्न र महिला तथा किशोरीलाई सशक्त बनाउन सकिने बताइन्।

युनिसेफ नेपालकी डेप्यूटी रिप्रेजेन्टेटिभ टू नेपाल जी ह्युन राह, युएनएफपीए नेपालकी लैगिंक तथा मानव अधिकार विशेषज्ञ कमला विष्ट, कलाकार प्रकाश सपुत र एसडीजी स्टुडियोले “शिरमै फुर्के रिबन” शीर्षकको संगीत भिडियो सार्वजनिक गरे। यो भिडियो किशोर किशोरीहरूलाई बालविवाहका असरबारे सचेत गराउन यूएनएफपीए र युनिसेफ नेपालले संयुक्त रूपमा बनाएका हुन्।

प्रकाशित: Nov 26, 2024| 16:56 मंगलबार, मंसिर ११, २०८१
प्रतिक्रिया दिनुहोस्