मंगलबार, जेठ १९, २०८३

टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट सम्पन्न

 |  मंगलबार, मंसिर ११, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ११, २०८१

काठमाडौं- टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट हालै सम्पन्न भएको छ। टाटा ग्रिन ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी अटोकर्प प्रालिले सो मिट आयोजना गरेको हो।

National life

काठमाडौंको होटल क्राउन इम्पेरियलमा सम्पन्न सो च्यानल पार्टनर मिटमा देशभरका एक सय ५० डिलरहरूको सहभागिता रहेको थियो। लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठ तथा टाटा अटोकप इन्डियाका मार्केटिङ हेड उत्सव वनर्जीले संयुक्तरूपमा सो कार्यक्रमको उद्घाटन गरेका थिए। सो अवसरमा टाटा अटोकर्प इन्डियाका मार्केटिङ हेड उत्सव वनर्जी तथा एक्सपोर्ट म्यानेजर अनिस सिंहले टाटा ग्रिनको इतिहासका साथै भावी कार्ययोजनाका बारेमा जानकारी गराएका थिए। यस्तै, लक्ष्मी अटोकर्पका सेल्स हेड उमेश घिमिरेले नेपाली बजारमा रहेको टाटा ग्रिन ब्याट्रीको डिलर नेटवर्क तथा बिक्री योजनाका बारेमा जानकारी गराएका थिए।

साथै, कार्यक्रममा टाटा ग्रिन होम यूपीएस र इन्डस्ट्रियल ब्याट्री समेत लन्च गरिएको थियो। नेपाली बजारमा अब ८५० भीए, १००० भीए र १४५० भीएका टाटा ग्रिन स्विच अन होम यूपीएस उपलब्ध भएका छन् भने ७.२, ९ र १२ एएचका इन्डस्ट्रियल ब्याट्री समेत उपलब्ध रहेका छन्।

जापनिज ब्याट्री निर्माता कम्पनी जीएस युआसासँगको संयुक्त लगानीमा सन् २००५ को अक्टोबरमा टाटा ग्रिन ब्याट्रीको स्थापना भएको थियो। हाल कम्पनीले २.५ देखि २२० एएच रेन्जका ब्याट्री उत्पादन गरिरहेको जनाएको छ। कम्पनीले वार्षिक रूपमा १४ लाख फोर ह्विलर र २४ लाख टु ह्विलर सवारी साधनका लागि आवश्यक ब्याट्री उत्पादन दिँदै आएको छ। यी उत्पादनहरू नेपाली बजारमा लक्ष्मी अटोकर्पले उपलब्ध गराउने गरेको छ।

 

Shivam cement

प्रकाशित: Nov 26, 2024| 16:54 मंगलबार, मंसिर ११, २०८१
प्रतिक्रिया दिनुहोस्