शनिबार, मंसिर २९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सिजी मोटर्सले ल्यायो ‘इस्टेट अफ द आर्ट सर्भिस सेन्टर’

 |  मंगलबार, मंसिर ११, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ११, २०८१

ntc landingntc landing

काठमाडौं- सिजी मोटर्सले ‘इस्टेट अफ द आर्ट सर्भिस सेन्टर’ सञ्चालनमा ल्याएको छ। आइतबार  एक विशेष समारोहकाबीच उक्त सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो। सर्भिस सेन्टरले सार्वजनिक यातायात र कार सेन्टरको मर्मतको लागि छुट्टै सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ।

himalayan bank box

खासगरी इभी गाडीलाई बढी प्राथमिकता दिने हिसावले सेन्टर सञ्चालनमा ल्याइएको प्रबन्ध निर्देशक हेमन्त अग्रवालले बताए। उनले भने, “सर्भिस सेन्टर प्यासेन्जर सेक्मेन्ट इभीहरू जस्तैः खालका दुईवटा सेक्मेन्टहरूको मार्केटमा छौँ। कर्मसियल भेकल सेक्मेन्ट सार्वजनिक यातायातमा बेच्ने  गाडीहरूलाई कर्मसियल भेकल सेक्मेन्टमा राखेका छौँ। र अर्को प्यासेन्जर कार छ।। प्रिमियर प्यासेनजरहरूका लागि छुट्टै सर्भिस सेन्टर सञ्चालन गरेका हौँ। जसमा कस्टमरहरूलाई आरामका साथ यहाँ बसेर गाडीको रिपेयर गरेको देख्न सक्नुहुन्छ। भित्रको इक्वीमेन्टहरू, सुविधाहरू, इन्टरनेसनल लेबलको छ। इन्टरनेसनल लेबल कै सर्भिस नेपालमै अफर गर्न खोजेका हौं। हामी इभीमा विश्वास राख्छौँ र फोकस जहिले पनि ईभीमै छ।”

साथै उनले नेपालमा सर्भिस सेन्टरको नेटवर्क स्थापना गर्नु नै ठूलो कुरा भएको बताए। उनले हाल सीजी मोटर्सले नेपालभर २०० भन्दा बढी सीसीएस टूजी चार्जिङ पोइन्ट जडान गरेको पनि उल्लेख गरे। सीजी मोटर्सले काठमाडौँ उपत्यकामा स्थापना गरेको यो दोस्रो सर्भिस सेन्टर हो। सीजी मोटर्सले २२ स्थानहरूमा बिक्री र डिलर नेटवर्क विस्तार गरिसकेको छ। कम्पनीले विद्युतीय सवारीसाधन चार्ज गर्न आगामी दिनमा एक सयभन्दा बढी स्थानमा चार्जिङ पोइन्ट विस्तार गर्ने जनाएको छ।
हाल सिजी मोटर्सको सर्भिस सेन्टरले सीजी मोटर्स अन्तर्गत आयन, एक्सपेङ, स्मार्ट, नेटा, रिद्दारा र दयुन लगायतका विभिन्न ब्राण्डका सवारीसाधन बिक्री गरिरहेको छ।

 

प्रकाशित: Nov 26, 2024| 16:53 मंगलबार, मंसिर ११, २०८१
प्रतिक्रिया दिनुहोस्