शुक्रबार, असार ५, २०८३

चिसोबाट जोगिन के गर्ने ?

 |  बुधबार, मंसिर १२, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १२, २०८१

काठमाडौं- मौसम परिवर्तन हुँदा रोग लाग्‍ने डर हुन्छ। जाडो मौसममा बिरामी हुने जोखिम पनि कैयौं गुणा बढ्छ। यो मौसममा रुघाखोकी, उच्च ज्वरोजस्ता समस्या देखिने गर्छ। जाडो मौसममा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनाले रोगले आक्रमण गर्ने दर उच्च हुन्छ। त्यसैले त जाडोको मौसम आउनेबित्तिकै न्यानो कपडा लगाउने गरिन्छ।

National life

साथै, जाडो मौसममा बिरामी हुनबाट बच्च हामीले हाम्रो रोग प्रतिरोधात्मक क्षमता बाहेक अरू कुरामा पनि ध्यान दिनुपर्छ। त्यसैले हामीले केही घरेलु उपायहरू पनि अपनाउनु आवश्यक छ, जसले गर्दा रुघाखोकी र फ्लू जस्ता रोगबाट राहत पाउन सकिन्छ। 

दूध र बेसारको प्रयोग 
जाडो मौसममा रोगबाट बच्न दूधमा बेसार मिसाएर पिउन सकिन्छ। सुत्नुअघि दूध पिउनाले  मौसमी फ्लू, चिसो र खोकीमा राहत दिन काम गर्नेछ।

तातो पानिको बाफ लिने
जाडो मौसममा बाफ लिनु पनि निकै फाइदाजनक हुन्छ। यो नाक देखि घाँटीको दुखाइ र चिसोको लागि धेरै प्रभावकारी छ। त्यसैले तातो पानीमा पुदिना वा ज्वानोको पात हालेर बाफ लिन सकिन्छ।

तुलसीको चिया
जाडोमा हामी चिया पिउने गर्छौं तर यो चियामा तुलसीको पात मिसाएर सेवन गर्‍यो भने पनि मौसमी फ्लुबाट बच्च सकिन्छ।  तपाईं चियामा तुलसीको पातहरू थप्न सकिन्छ वा तुलसीको पातहरू सुकाएर यसलाई पाउडरको रूपमा प्रयोग गर्न  पनि सकिन्छ।

Shivam cement

कुल्ला गर्ने
चिसो र घाँटी सफा गर्न जाडोमा गारगील गर्नले चिसोबाट बच्च सकिन्छ। मनतातो पानीमा नुन मिसाएर राती सुत्नुअघि यो पानीले कुल्ला गर्नुपर्छ। यसले चिसोबाट हामिलाई धेरै राहत दिन सक्छ।   -अमरउजालाबाट

प्रकाशित: Nov 27, 2024| 07:31 बुधबार, मंसिर १२, २०८१
प्रतिक्रिया दिनुहोस्