मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडीबीले सहयोग गर्ने

क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडीबीले सहयोग गर्ने

 |  मंगलबार, मंसिर ११, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ११, २०८१

काभ्रेपलाञ्चोक- जिल्लाका तीन पुराना नगरका लागि निर्माणाधीन काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना गत असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त भएपछि एसियाली विकास बैंक (एडीबी)ले पुनःनिर्माणमा सहयोग गर्ने भएको छ।

National life

एडीबीका देशीय निर्देशक अनौड कौकोइससहिका पदाधिकारी तथा खानोपानी आयोजनाको बोर्ड अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जूको टोलीसँग सोमबार भएको छलफलपछि आयोजना पुनःनिर्माणमा सहयोग गर्ने प्रतिबद्ध जनाइएको हो। 

निर्माणाधीन आयोजनाको अन्तिम चरणमा बाढीपहिरोले क्षतिग्रस्त बनाएको थियो। आयोजना पुनःनिर्माणका लागि एडीबीले सहयोगको प्रतिबद्धता जनाएको नगरप्रमुख ब्याञ्जूले जानकारी दिए। उनका अनुसार एडीबीले यस खानेपानी आयोजना पुनःनिर्माण गर्न विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरिदिने र आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाएको हो। बाढीपहिरोबाट आयोजनाको इन्टेकलगायत अन्य ट्यांकी तथा वितरण मेनलाई एवं शाखाका पाइप लाइनमा क्षति पुर्‍याउँदा २१ करोड ८० लाख रूपैयाँ बराबरको खानेपानीको संरचना नष्ट भएको ब्याञ्जूले बताए।

धुलिखेल, बनेपा र पनौती नगरपालिकामा खानेपानी समस्या समाधानार्थ सन् २०१२ मा उक्त आयोजना सुरु गरिएको थियो। सम्पन्नको अन्तिम चरणमा रहेको आयोजना गत आसोज ११ देखि १२ गतेको वर्षासँगै आएको बाढीपहिरोले क्षतिग्रस्त बनाएको हो। उक्त आयोजनाबाट सन् २०२४ सम्ममा तीन नगरका एक लाख ४० हजार जना लाभान्वित हुनेसमेत प्रक्षेपण गरिएको छ। आयोजनाबाट तीन नगरका स्थानीयका घरघरमा चौबीसै घण्टा स्वच्छ खानेपानी खानेपानी पुर्‍याउने जनाइएको छ।

आयोजनाको लागत मूल्य भ्याटबाहेक ९९ करोड आठ लाख सात हजार रूपैयाँ रहेको छ। यस आयोजनालाई तत्कालीन अवस्थामा एडीबीको सहयोगमा सञ्चालन भएको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनापछिको दोस्रो ठूलो आयोजनाका रूपमा हेरिएको थियो।

Laxmi sunrise bank
kumari

यसैबीच बाढीपहिरोले क्षतिग्रस्त धुलिखेल खानेपानी आयोजनाको पुनःनिर्माणका लागि जर्मन सरकारले सहयोग गर्ने भएको छ। नगरले यही कात्तिक पहिलो साता नेपालका लागि जर्मनी राजदूत डा थोमस प्रिन्जसँग भेट गरी क्षतिग्रस्त आयोजनाको पुनःनिर्माणका लागि प्रस्ताव गरेपछि जर्मन सहयोग नियोग (जीआईजेड)मार्फत नेपालस्थित दूतावासले एक करोड ४५ लाख रूपैयाँ रकम सहयोग गर्ने सहमति भएको हो।

जर्मन सरकारबाट प्रस्तावको कार्यान्वयन भएको नगरप्रमख अशोक ब्याञ्जूले बताए। उनका अनुसार राजदूत प्रिन्जले आयोजनाका द्विपक्षीय सम्झौता गरी रकम निकासा गर्नेछन्। करिब तीन दशक अघिदेखि सञ्चालित उक्त खानेपानी आयोजनाको पुनःनिर्माण गर्न रु तीन करोड ५१ लाख लाग्ने प्रारम्भिक अनुमान गरिएको ब्याञ्जूले बताए।

जर्मनबाट सहयोग प्राप्त उक्त रकमबाट आयोजनाको इन्टेक, पाइप तथा अन्य भौतिक संरचनाको पुनःनिर्माण गरिने जनाइएको छ। गत असोज दोस्रो साताको बाढीपहिरोले आयोजना क्षतिग्रस्त बनाउँदा नगरको ३, ४, ५, ६ र ८ वडाका उपभोक्ता एक महिनादेखि खानेपानीविहीन अवस्थामा छन्। रासस

प्रकाशित: Nov 26, 2024| 15:28 मंगलबार, मंसिर ११, २०८१
प्रतिक्रिया दिनुहोस्