मंगलबार, जेठ १९, २०८३

निर्माण थालेको एक दशक बितिसक्दा पनि बनेन पुल

 |  मंगलबार, मंसिर ११, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ११, २०८१

कुनौली- सप्तरीको राजगढ गाउँपालिका-६ स्थित मुतनीखोलामा बरदाही र कुरनमा गाउँलाई जोड्ने पुलको निर्माण थालिएको एक दशकभन्दा बढी समय भइसक्दा पनि पुल बन्न सकेको छैन।

National life

पुल नबन्दा यस क्षेत्रका बासिन्दलाई आवतजावतमा सास्ती भइरहेको छ। पुल नहुँदा कुरनमा, बरदाही, बनैनियाँ, मोहनपुर, रम्पुरा, फकिरा, कन्कटालगायतका स्थानीयलाई समस्या भइरहेको स्थानीयवासी रमानन्द शर्माले बताए।

वर्षायाममा नदी छेउमै रहेको जनता प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकालाई आवतजावतमा निकै समस्या भइरहेको उनले बताए। वर्षायाममा समस्या भएकाले यहाँका बालबालिका अर्को विद्यालय रोज्न बाध्य छन्। चार किलोमिटर टाढा रहेको विद्यालय जाने नदीमा पुल नहुँदा वर्षायाममा समस्या हुन्छ।

हरेक वर्ष यस्तै समस्या हुने भएपछि विद्यालय जानबाट वञ्चित हुनुका साथै कतिपयले विद्यालय छोडिरहेका छन्। राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलले पनि यहाँ पुल नबन्दा स्थानीयलाई पालिका आउन पनि लामो दुरीको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको सुनाए।

विसं २०६९ मा काठमाडौंस्थित नीलगिरी निर्माण सेवाले एक करोड सात लाख रूपैयाँमा पुल निर्माणका ठेक्का पाएर निर्माण काम सुरु गरेको थियो। दुई वर्षमा काम सम्पन्न गर्ने भनिए पनि ६ वर्ष बितिसक्दा पनि पुल निर्माण हुन सकेको छैन। दुई वटा पिलर (वेल) मात्र बनाएर काम रोकिएको छ।

Shivam cement

सडक डिभिजन कार्यालय लहानले कम्पनीसँगको ठेक्का तोडिसकेको छ। कार्यालय प्रमुख आशुतोष कर्णले निर्माण कम्पनीले समयमै काम सम्पन्न नगरी अलपत्र पारेपछि ठेक्का तोडिएको बताए। रासस

प्रकाशित: Nov 26, 2024| 20:31 मंगलबार, मंसिर ११, २०८१
प्रतिक्रिया दिनुहोस्