मंगलबार, पुस १, २०८२

बेनीमा घरमै सुत्केरी हुनेको संख्या तीन वर्षदेखि शून्य

 |  मंगलबार, मंसिर ११, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ११, २०८१

म्याग्दीको बेनी नगरपालिकामा घरमै सुत्केरी हुनेको संख्या शून्यमा झरेको छ। घरमा नै शिशु जन्माउँदा आमा र शिशुको ज्यान खतरामा पर्नुका साथै महिलामा विभिन्न समस्याले सुत्केरीपछि सताइरहने हुँदा घरमा नै सुत्केरी हुनेको संख्या शून्य बनाइएको हो।

National life

जोखिमयुक्त प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी नवजात शिशु र आमाको स्वास्थ्यमा सुधार ल्याउन ‘होम डेलिभरी’ शून्य बनाइएको स्वास्थ्य शाखाका प्रमुख चन्दन सुवेदीले बताए।

बेनी नगरपालिकामा आर्थिक वर्ष ०७८/७९ मा ८४७, ०७९/८० मा ६७७, ०८०/८१ मा ३९२ र आव ०८१/८२ को हालसम्म १४९ जनाले सुरक्षित प्रसूति सेवा लिएका स्वास्थ्य शाखा प्रमुख सुवेदीले बताए।

उनका अनुसार आव ०७८/७९ यता बेनी नगरपालिकामा घरमा सुत्केरी हुने आमाहरूको संख्या शून्य छ। १० वडा रहेको बेनी नगरपालिकामा जिल्लास्तरको अस्पताल, ज्यामरुककोट, भकिम्ली, सिंगा, पुलाचौर र पात्लेखेतको स्वास्थ्यचौकीमा सुरक्षित प्रसूति सेवा उपलब्ध छ। अधिकांश वडाका गर्भवती सुत्केरी हुनका लागि बेनी अस्पतालमा आउने गरेका छन्।

आठपटक गर्भ जाँच गर्ने तथा स्वास्थ्यचौकीमा नै सुत्केरी हुनेलाई प्रोत्साहन गर्ने राज्यको नीति र चेतनामूलक अभियानका कारण होम डेलिभरी शून्य भएको बेनी नगरपालिकाका प्रमुख सुुरत केसीले बताए। ‘गर्भावस्था र सुत्केरी अवस्थाका सम्भावित जोखिमको विषयमा धेरै चेतनामूलक कार्यक्रम सञ्चालन भएका छन्,’ उनले भने, ‘सरकारी र गैरसरकारी संस्थाबाट भएका प्रयास प्रभावकारी बनेको छ।’ 

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 26, 2024| 19:01 मंगलबार, मंसिर ११, २०८१
प्रतिक्रिया दिनुहोस्