मंगलबार, जेठ १९, २०८३

धानको मूल बीउ उत्पादन गर्दै व्यावसायिक कीट विकास फर्म

 |  सोमबार, मंसिर १०, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १०, २०८१

चितवन- यहाँको व्यावसायिक कीट विकास फर्मले विगत दुई वर्षदेखि धानको मूल बीउ उत्पादन गर्दै आएको छ। फर्मका नाममा रहेको दुई बिगाहा जग्गामा विभिन्न जातका धानको बीउ उत्पादन थालेको हो।

National life

कार्यालय प्रमुख पूर्णिमा क्षेत्रीका अनुसार राष्ट्रिय धानबाली अनुसन्धान कार्यालय धनुषाबाट प्रजनन बीउ ल्याएर मूल बीउ उत्पादन सुरु गरिएको हो। अघिल्लो आर्थिक वर्षमा मकवानपुर १ र बहुगुणी १ को बीउ उत्पादन गरिएको भए पनि यस वर्ष भने सावित्रीको मूल बीउ उत्पादन गरिएको उनले जानकारी दिइन्।

गत वर्ष ४० क्विन्टल बीउ उत्पादन भए पनि २० क्विन्टल मात्र बीउका लागि प्रयोग भएको थियो। उनले भनिन्, 'निजी क्षेत्रबाट धानको बीउ उत्पादन हुँदै आएको भए पनि प्रदेश सरकारका तर्फबाट यो पहिलो हो।'

गत वर्ष उत्पादित बीउमध्ये २० क्विन्टल बीउका लागि र २० क्विन्टल खाद्यान्नका लागि बिक्री भएको उनले बताए। क्षेत्रीले भनिन्, 'मकवानपुर १ धानको बीउको माग आयो तर बहुगुणीको माग आएन।'

अन्न बालीमा धानको बीउ राम्रो उत्पादन गरेर बिक्री वितरणका लागि तयार पार्ने गरिएको उनले बताइन्। उनका अनुसार बीउ उत्पादनमा सहज र किसानले राम्रो बीउ पाउन सकून् भन्ने उद्देश्यका साथ बीउ उत्पादन थालिएको हो।

Shivam cement

यहाँ उत्पादित बीउलाई आफूहरुले सहकारीलाई बिक्री गरेर एक वर्ष सहकारीले समेत बीउ उत्पादन गरेपछि मात्र किसानकामा बीउका रुपमा पुग्ने उनले जानकारी दिइन्।

यस वर्ष कार्यालयले ६० क्विन्टल मूल बीउ उत्पादन हुने अनुमान गरिएको छ। यस कार्यालयले अहिले धानसँगै च्याउ र मेवाको बीउ तथा बिरुवा उत्पादन गर्न सुरु गरेको छ। रासस

प्रकाशित: Nov 25, 2024| 18:31 सोमबार, मंसिर १०, २०८१
प्रतिक्रिया दिनुहोस्