आइतबार, माघ ११, २०८२

धितोपत्र अध्यक्षका लागि तीनजना सिफारिस

 |  सोमबार, मंसिर १०, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १०, २०८१

काठमाडौं- सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाएको छ।

National life

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा रहेको सिफारिस समितिले आइतबार अन्तर्वार्ता लिएर तीनजनाको नाम सिफारिस गरेको छ।

समितिले धितोपत्र बोर्ड अध्यक्षका लागि सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारीको नाम सिफारिस गरेको हो। सिफारिसमा परेका तीनमध्ये एकजनालाई मन्त्रिपरिषद् बैठकले अध्यक्षमा नियुक्त गनुपर्ने कानुनी व्यवस्था छ।

राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा गठित सिफारिस समितिले १९ आवेदकमध्येबाट मुक्तिनाथ श्रेष्ठ, सन्तोषनारायण श्रेष्ठ, कृष्णबहादुर कार्की, नवराज अधिकारी र चिरञ्जीवी चापागाईंलाई पहिलो चरणमा छनोट गरेको थियो।

तत्कालीन समयमा दुई जनामात्र अन्तर्वार्तामा सहभागी भएकाले धितोपत्र ऐनको व्यवस्थाअनुसार छनोट समितिले सिफारिस गर्न सकेको थिएन। ऐनमा अध्यक्षका लागि तीनजना सिफारिस हुनुपर्ने कानुनी व्यवस्था रहेका कारण छनोट प्रक्रिया रोकिएको थियो।

Laxmi sunrise bank
kumari

आइतबार छनोट समितिले नवराज अधिकारी र कृष्णबहादुर कार्कीसँग अन्तर्वार्ता लिएको छ। सर्टलिस्टमा परेका चिरञ्जीवी चापागाईं अन्तर्वार्तामा सहभागी भएनन्। बोर्डको अध्यक्ष नियुक्तिमा चरम राजनीतिक खिचातानीका कारण २०८० पुस २० यता धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त छ।

प्रकाशित: Nov 25, 2024| 09:54 सोमबार, मंसिर १०, २०८१
प्रतिक्रिया दिनुहोस्