बुधबार, भदौ २५, २०८२

प्रहरीको ब्यारिकेडमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

 |  सोमबार, मंसिर १०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १०, २०८१

vianetvianet
Kumaribank
Metro Mart

दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सल्यानको बागचौर नगरपालिका-३ घर भई हाल तुलसीपुर-९ बेलुवा बस्ने ३० वर्षीय लिलाराम डाँगी छन्।

लमही बजारबाट तुलसीपुरतर्फ जाँदै गरेको रा७प ४९५४ नम्बरको मोटरसाइकल रातोडाँडामा रहेको प्रहरीको ब्यारिकेडमा ठोक्किएर आज बिहान चार बजे दुर्घटना हुँदा मोटरसाइकल पछाडि सवार डाँगीको मृत्यु भएको थियो। 

मोटरसाइकल चालक रोशक विकको अवस्था सामान्य छ। उनलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Nov 25, 2024| 09:51 सोमबार, मंसिर १०, २०८१
प्रतिक्रिया दिनुहोस्