बुधबार, चैत ११, २०८२

वडाध्यक्षले गरे आफ्नै कार्यालयमा तालाबन्दी

 |  आइतबार, मंसिर ९, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ९, २०८१

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ का वडाध्यक्ष इन्द्र चौलागाईंले आफ्नै वडा कार्यालयमा तालाबन्दी गरेका छन्। उनले आइतबार तालाबन्दी गरेको कुरा सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन्।

National life

उनले भनेका छन्, ‘कर्मचारी नहुञ्जेलसम्मका लागि यो कार्यालय बन्द भएको जानकारी गर्दछु। जम्बुकाँध नगरपालिकामा जानुहोला।’ 

चौलगाईँले वडा कार्यालयमा एक जना पनि कर्मचारी नभएकाले आफैँले तालाबन्दी गरिदिएको बताएका छन्। उनका अनुसार वडा कार्यालयहरू करार कर्मचारीका भरमा चल्दै आएका छन्। 

नगरपालिकाले आन्तरिक स्रोतले तलबभत्ता खुवाउन नसक्ने भन्दै दुई महिनाअघि सम्पूर्ण करार सेवाका कर्मचारीलाई हटाइदिएको थियो। त्यसयता वडा कार्यालय कर्मचारीविहीन भएका छन्। आफ्नो वडामा एउटा कार्यालय सहयोगी मात्रै रहेको र ती कार्यालय सहयोगी पनि बिरामी परेको भन्दै नआएको वडाध्यक्ष चौलागाईँले बताए। 

प्रकाशित: Nov 24, 2024| 18:30 आइतबार, मंसिर ९, २०८१
प्रतिक्रिया दिनुहोस्