सोमबार, असार २३, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • भाटभटेनीका छतमा सोलार प्यानल राखेर साढे १२ मेगावाट बिजुली निकालिने

भाटभटेनीका छतमा सोलार प्यानल राखेर साढे १२ मेगावाट बिजुली निकालिने

 |  आइतबार, मंसिर ९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ९, २०८१

vianetvianet

काठमाडौं- देशभर रहेका भाटभटेनी सुपरमार्केटका भवनको छतबाट साढे १२ मेगावाट बढी सौर्य बिजुली निकालिने भएको छ।

भाटभटेनी र रिन्यु होल्डिङ्स प्रालीबीच भाटभटेनीका विभिन्न सुपर मार्केटहरूको छत तथा खाली स्थानहरूलाई उपयोग गरेर १२ दशमलव ७५० मेगावाट बराबरको सौर्य विद्युत् उत्पादन तथा सहकार्यका लागि सम्झौता भएको हो।

सम्झौतापत्रमा भाटभटेनीको तर्फबाट सञ्चालक सावित्री गुरुङ र रिन्यु होल्डिङ्सको तर्फबाट प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्। रिन्यु होल्डिङ्सले सोलर, हाइड्रो लगायतका नेपालको नवीकरणीय ऊर्जाका साथै चार्जिङ् स्टेसन र नवीकरणीय ऊर्जासम्बन्धी नवीनतम प्रविधिमा काम गर्ने लक्ष्य लिएको छ।

भाटभटेनीले देशभर २७ वटा सुपरमार्केटको स्थापना गरिसकेको छ भने अबको ५ वर्षमा ५१ वटा स्टोर स्थापना गर्ने लक्ष्य लिएको छ। 

प्रकाशित: Nov 24, 2024| 18:28 आइतबार, मंसिर ९, २०८१
प्रतिक्रिया दिनुहोस्