आइतबार, माघ ११, २०८२

नेप्से परिसूचक र कारोबार दुवै घट्यो

 |  आइतबार, मंसिर ९, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ९, २०८१

काठमाडौं- साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। यस दिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

National life

नेप्सेका अनुसार आइतबार परिसूचक अघिल्लो दिनको तुलनामा १३.०३ अंक घटेर २६६७.४० को बिन्दुमा सीमित भएको हो। आइतबार विभिन्न ३२२ कम्पनीको एक करोड ५२ लाख ७० हजार १९७ कित्ता सेयर ७६ हजार ४१८पटक खरिदबिक्री भयो। जसबाट सात अर्ब ७२ करोड ८८ लाख ६१ हजार २५० रुपैयाँ बराबरको सेयर कारोबार भयो।

यसअघि बिहीबार विभिन्न ३१४ कम्पनीको एक करोड ८४ लाख ७४ हजार २४ कित्ता सेयर ८४ हजार ८५८ पटक खरिदबिक्री हुँदा आठ अर्ब २५ करोड ७६ लाख ४३ हजार ८८६ रुपैयाँ बराबरको कारोबार भएको थियो।

आइतबार लगानी  ०.०८ र उत्पादन तथा प्रशोधनको उपसूचक ०.६८ प्रतिशतले बढ्दा अन्य समूहको उपसूचकमा गिरावट देखिएको छ। बैंकिङ ०.५४, विकास बैंक १.६३, वित्त ०.३७, होटल तथा पर्यटन ०.४९ र जलविद्युत्को उपसूचक ०.४१ प्रतिशतले घटेको छ।

त्यस्तै, जीवन बीमा ०.५५, लघुवित्त ०.९४, म्युचुअल फन्ड ०.१२, निर्जीवन बीमा ०.१७ र अन्य समूह ०.७१ प्रतिशतले घटेको छ।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Nov 24, 2024| 15:40 आइतबार, मंसिर ९, २०८१
प्रतिक्रिया दिनुहोस्