बुधबार, चैत ११, २०८२

ड्रागन फ्रुट बेचेर वार्षिक १५ लाखसम्म कमाइ

 |  आइतबार, मंसिर ९, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ९, २०८१

सिन्धुपाल्चोक- साँगाचोकगढी नगरपालिका-१४ डडुवाका किसान ओमबहादुर बस्नेत आफूले सुरु गरेको ‘ड्रागन फ्रुट’ खेतीबाट मनग्य आम्दानी भएपछि खेती विस्तारको योजना बनाएका छन्। 

National life

६ रोपनीमा खेती सुरु गरेका उनले स्वदेशमा नै पाखुरा बजार्न युवा पुस्तालाई आग्रह गरेका छन्। बजारमा ड्रागन फ्रुटको उच्च माग भएकाले मागअनुसार आपूर्ति गर्न आफूलाई हम्म्मेहम्मे परेको उनी बताउँछन्।

विदेश जाने खर्च आफ्नै घरगाउँमा ड्रागन फ्रुटका लागि गरेमा वार्षिक १२ देखि १५ लाख रूपैयाँसम्म कमाउन सकिने उनको सुझाव छ। जुनसुकै मौसम र माटोमा यो फल लाग्ने भएकाले उनले युवालाई स्वदेशमा नै श्रम गर्न सुझाएका हुन्। वर्षको दुईपटक उत्पादन हुने ड्रागन फ्रुट प्रतिकिलो पाँचसय रूपैयाँभन्दा बढीमा बिक्री हुने गरेको छ।

चौतारा साँगाचोकगढी  नगरपालिकाले  ड्रागन फ्रुटखेतीलाई प्रोत्साहन गर्न तारबारका लागि चार लाख रूपैयाँ सहयोग गरेको छ।

एकपटक बिरूवा लगाएपछि समय-समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य काम  गर्नु नपर्ने र रोपेको दुई वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्य खेतीबालीको तुलनामा यसको खेतीबाट प्रशस्त आम्दानी हुने उनी बताउँछन्। रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 24, 2024| 19:31 आइतबार, मंसिर ९, २०८१
प्रतिक्रिया दिनुहोस्