मंगलबार, जेठ १९, २०८३

जुम्लाको स्याउ बेच्न किसानले मुख्यमन्त्री गुहारे

 |  आइतबार, मंसिर ९, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ९, २०८१

जुम्ला- यहाँका स्याउ उत्पादक किसानले आफ्ना उत्पादनको बजारीकरणमा सघाउन मुख्यमन्त्री यामलाल कँडेलसँग आग्रह गरेका छन्। कृषि विकास कार्यालयले शनिबार किसानसँग आयोजना गरेको छलफलमा उनीहरूले जुम्ला स्याउले बजार नपाएको गुनासो गर्दै सहयोगका लागि अनुरोध गरेका हुन्।

National life

स्याउको मूल्य निर्धारणका साथै बजार खोजिदिन प्रदेश सरकारलाई यहाँका किसानले माग गरेका चन्दननाथ नगरपालिका-४ किसान नारायण चौलागाईँले बताए। किसानसँग मुख्यमन्त्री कार्यक्रम लागु भए पनि स्याउको मूल्यमा एकरुपता कायम नभएको उनको गुनासो छ। उक्त विषयलाई पनि सम्बोध गर्न किसानले माग गरेका थिए।

प्रदेश सरकारले स्याउको बजार सुनिश्चित गर्न कर्णाली राजमार्गमात्र कालोपत्र हुनुपर्ने तथा स्याउमा सरकारले दिने अनुदान रोक्नुपर्ने चन्दननाथ नगरपालिका-२ का किसान रत्नबहादुर भण्डारीले बताए। वास्तविक किसानले अनुदान नपाएका उनको आरोप छ।

मुख्यमन्त्री कँडेलसमक्ष किसानले माटो परीक्षण प्रयोगशाला स्थापना, सैद्धान्तिक ज्ञानमात्र आर्जन गरेका कृषि प्राविधिकलाई व्यावहारिक ज्ञान दिनुपर्ने र शीतभण्डारको व्यवस्था हुनुपर्ने माग गरेका थिए।

जुम्लामा चार हजार चारसय ७५ हेक्टरमा स्याउखेती हुने गरेको छ। चालु आवमा ६१ करोड ४१ लाख रूपैयाँ स्याउ बिक्री भएको कृषि विकास कार्यालयले जनाएको छ। रासस

Shivam cement

प्रकाशित: Nov 24, 2024| 17:01 आइतबार, मंसिर ९, २०८१
प्रतिक्रिया दिनुहोस्