शुक्रबार, असार ५, २०८३

मृत्युपछि अंगदान गर्नेको परिवारलाई दुई लाख रुपैयाँ दिइने

 |  आइतबार, मंसिर ९, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ९, २०८१

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मृत्युपश्चात् अंगदान गर्न चाहने दाताका परिवारलाई दुई लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेका छन्। मानव अंगदान गर्न चाहने त्यस्ता परिवारलाई यसअघि एक लाख रुपैयाँ दिने गरिएको थियो।

National life

दाताका परिवारलाई भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमार्फत एक लाख रुपैयाँ दिइँदै आएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाताका परिवारलाई एक लाख थप गर्ने निर्णय मन्त्री पौडेलले गरेका हुन्।

मन्त्री पौडेलको निर्णय कार्यान्वयनमा अर्थ मन्त्रालयले आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने गरी सहमति दिएको छ। मन्त्रालयको आन्तरिक स्रोतबाटै आवश्यक रकम व्यवस्थापन गर्ने गरी निर्णय गरिएको हो।

मन्त्री पौडेल स्वयंले यसअघि नै अंगदान गर्ने घोषणा गरिसकेका छन्। विद्यमान कानुनी व्यवस्थाअनुसार जीवित रगतको नाता पर्नेबाहेकले अंगदान गर्न पाउँदैनन् । तर, मृत्युपश्चात् दान दिने गरी अंगदान गर्न पाउने व्यवस्था छ। मृत्यु भएको २४ घण्टाभित्र दिन सकिने अंग अरू जीवित व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ।

हाल भक्तपुरको सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रले देशमा बर्सेनि २०० मिर्गौला र २० जनाको कलेजो प्रत्यारोपण गर्दै आएको छ। यो कुल अंग प्रत्यारोपणको झन्डै ७० प्रतिशत हो । वीर अस्पताल, त्रिवि शिक्षण अस्पतालसँगै केही निजी अस्पतालले समेत अंग प्रत्यारोपण गर्दै आएका मन्त्रालयले जनाएको छ।

Shivam cement

प्रकाशित: Nov 24, 2024| 15:22 आइतबार, मंसिर ९, २०८१
प्रतिक्रिया दिनुहोस्