सोमबार, भदौ १, २०८३

भर्जिनियामा मध्य राति कार दुर्घटना, दुईजनाको मृत्यु

 |  शनिबार, मंसिर ८, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ८, २०८१

अमेरिकाको भर्जिनियामा चार जना नेपाली सवार कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

स्थानीय समयअनुसार २२ नोभेम्बर मध्य राति १२ बजे भर्जिनियाको च्यान्टिलीस्थित काउन्टी पार्क वे र ताल सेडार पार्क वे नजिक भएको कार दुर्घटनामा चारमध्ये २ जनाको मृत्यु भएको अमेरिकाबाट प्रकाशन हुने नेपाली पत्रिका नेपालमदर डटकमले उल्लेख गरेको छ।

मृत्यु हुनेमा रुकुमको आठबिसकोट नगरपालिका-७ का सुरेश केसी र बर्दियाका विवेक सुवेदी छन्। कार चालक ३० वर्षीय विजय तामाङ सुरक्षित छन्। कारमा सवार काठमाडौंका मेहुल श्रेष्ठ घाइते रहेको र उनको उपचार भइरहेको बताइएको छ।

प्रारम्भिक अनुसन्धानबाट कार तीव्र गतिमा रहेको र चालकले अत्यधिक मदिरा सेवन गरेर कार चलाएको भनिएको छ। चालक तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 

प्रकाशित: Nov 23, 2024| 11:05 शनिबार, मंसिर ८, २०८१
प्रतिक्रिया दिनुहोस्