मंगलबार, जेठ १९, २०८३

कुखुरामा गम्बोरो रोगको समस्या

 |  शुक्रबार, मंसिर ७, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ७, २०८१

चितवन- व्यावसायिक रुपमा पालिएका कुखुरामा गम्बोरो रोगको समस्या देखिएको छ। राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरमा गम्बारो रोगको समस्या लिएर किसानहरु आउनेको सङ्ख्या बढेको छ।

National life

कार्यालयका सूचना अधिकारी इन्दु राय यादवका अनुसार दैनिक १२ देखि १५ वटा कुखुराको परीक्षणका क्रममा ४/५ वटामा गम्बोरो रोगको सङ्क्रमण भेटिने गरेको छ। उनले भनिन्, 'यो रोग तीव्र गतिमा सर्ने रोग हो। यसलाई इन्फेक्सियस बर्सल डिजिज भन्ने गरिन्छ।'

कुखुरामा यो रोग देखिएमा कुखुराहरु झोक्राउने र मर्ने गर्छन्। यस्तै शरीर काप्ने, प्वाँख गुजमुजिए जस्तो हुने, श्वास बढ्ने, दानापानी नखाने, सेतो पहेँलो छेर्ने, ज्वरो आउने लम्पसार पर्नेजस्ता लक्षणहरु देखिने यादवले जानकारी दिइन्। उनका अनुसार यो रोग लागेमा २ देखि २० प्रतिशत कुराहरु मर्छन् भने कहिलेकाही ६७ प्रतिशतसम्म मर्ने गरेको पाइएको छ।

रोग लाग्न नदीनका लागि गम्बोरोविरुद्धको खोप लगाउने, जैविक सुरक्षाका विधिहरु अवलम्बन गर्ने, इम्युनिटी पावर बढाउन कुखुरालाई भिटामिन तथा औषधिको प्रयोग गर्ने, ज्वरो कम गर्ने तथा तनाव कम गर्ने औषधिको प्रयोग गर्न सकिने उनले बताइन्।

कतिपय स्थानमा भ्याक्सिन लगाइ सकिएका कुखुरामा समेत यो रोगको सङ्क्रमण देखिएपछि अहिले थप अनुसन्धान विभागले गरिरहेको उनले बताए। यस रोग लाग्न नदिनका लागि खोरमा काम गर्न जानुभन्दा अघि जैविक सुरक्षाका साधनहरुको प्रयोग गर्न जरुरी रहने उनको भनाइ छ।

Shivam cement

कार्यालयमा चालु आर्थिक वर्षको तीन महिनामा नौ सय २३ कुखुरामा रोगको पहिचान गरिएको यादवको भनाइ छ। उनका अनुसार कुखुरामा ब्याक्टेरियल इन्फेक्सन (इ.कोलाई), साल्मोनेला रुघाखोकीलगायतको समस्या देखिएका छन्। खोरको सरसफाइ र दानापानीमा राम्रोसँग निगरानी नगर्दा यस्तो रोग लाग्ने गरेको उनको भनाइ छ।

यहाँ, चितवनसहित मकवानपुर, नवलपरासी (बर्दघाट सुस्तापूर्व), तनहुँ, लमजुङलगायतका २० जिल्लाबाट पक्षी रोगको अन्वेषणका लागि किसानहरु आउने गर्दछन्।

वार्षिक रुपमा छ देखि आठ हजार कुखुराको पोष्टमार्टम रगत, श्वास परीक्षण तीन हजारभन्दा बढीको गरिँदै आइएको छ। एक वर्षदेखि रोकिएको कुखुराको पीसीआर परीक्षण यसै वर्षबाट पुनः सञ्चालन गरिने पनि उनले जानकारी दिए। उनले भनिन्, 'कोरोनापछि रोकिएको पक्षीको पीसीआर परीक्षण यस वर्षदेखि पुनः सुरु गरिएको छ।' रासस

प्रकाशित: Nov 22, 2024| 17:31 शुक्रबार, मंसिर ७, २०८१
प्रतिक्रिया दिनुहोस्