सोमबार, भदौ १, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • मुग्लिन-पोखरा सडक : पूर्वी खण्डमा कालोपत्रे गर्ने काममा तीब्रता

मुग्लिन-पोखरा सडक : पूर्वी खण्डमा कालोपत्रे गर्ने काममा तीब्रता

 |  शुक्रबार, मंसिर ७, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ७, २०८१

तनहुँ- मुग्लिन-पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पूर्वी खण्डमा धमाधम कालोपत्र भइरहेको छ। आँबुखैरेनी गाउँपालिका-२ मार्कीचोकदेखि सत्रसय खण्डमा कालोपत्र जारी रहेको हो।

मुग्लिन- पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार यसअघि एक तहको कालोपत्र भइसकेको स्थानमा अन्तिम चरणको कालोपत्र थालिएको हो।

हालसम्म दुई दशमलव चार किलोमिटर कालोपत्र सकिएको छ। पूर्वी खण्डअन्तर्गत ६३ किलोमिटर कालोपत्र भएको छ। त्यसमध्ये २९ किलोमिटर खण्डमा चार लेन र पाँच किलोमिटर खण्डमा दुई लेन कालोपत्र भएको छ। 

पूर्वी खण्डअन्तर्गत दमौलीको बुल्दीपुलदेखि घाँसीकुवा क्षेत्रमा पनि केही  दिनमा कालोपत्र गरिने इञ्जिनियर पाण्डेले बताए। दमौली बजारमा सडक विस्तार निर्माण भइरहेको छ। 

यो सडकको पूर्वी खण्डमा हालसम्म ६८ प्रतिशत प्रगति भएको छ। यसमा १४ वटा साना पुल निर्माण भएका छन्। यो खण्ड ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँको लागतमा निर्माण हुँदैछ। रासस

प्रकाशित: Nov 22, 2024| 17:01 शुक्रबार, मंसिर ७, २०८१
प्रतिक्रिया दिनुहोस्