सोमबार, मंसिर २९, २०८२

दाङमा बढ्यो धान उत्पादन

 |  शुक्रबार, मंसिर ७, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ७, २०८१

दाङ- गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ। यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। 

National life

केन्द्रका  सूचना अधिकारी पृथ्वीराज लामिछानेका अनुसार यो वर्ष ३६ हजार एकसय आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो।

पर्याप्त वर्षा र समयमै मलको उपलब्धताले उत्पादन बढेको हो। यहाँका किसानले सावित्री, राधा ४, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ, युएस ३१२ जातका धान लगाएका थिए। स्थानीय जातका धानका खेती गरेका थिए।

जिल्लाको ३९ हजार चार सय हेक्टर जग्गा धानखेतीका लागि उपयुक्त भए पनि ३६ हजार पाँच सय हेक्टरमा मात्र धानखेती सीमित छ। किसानले धान रोप्ने खेतमा मौसमी र बेमौसमी सागसब्जी लगाउने गरेका छन्। रासस

प्रकाशित: Nov 22, 2024| 20:01 शुक्रबार, मंसिर ७, २०८१
प्रतिक्रिया दिनुहोस्