मंगलबार, भदौ ३१, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • कलाकार गौतमलाई इलेक्ट्रिक एसयुभि जेइको जेसिक्स हस्तान्तरण

कलाकार गौतमलाई इलेक्ट्रिक एसयुभि जेइको जेसिक्स हस्तान्तरण

 |  शुक्रबार, मंसिर ७, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ७, २०८१

vianetvianet

काठमाडौं- नेपालमा ओमोडा एन्ड जेइकोको आधिकारिक वितरक एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेडले श्रीमती एलिजा गौतमलाई नेपालको पहिलो अफ-रोडर इलेक्ट्रिक एसयुभि जेइको जेसिक्स डेलिभरि तथा हस्तान्तरण गरेको छ। ओमोडा एन्ड जेइकोको चाबहिलस्थित आधिकारिक डिलरसिप एबिटि मोटर्समा कार्यक्रमका साथ जेइको जेसिक्स हस्तान्तरण गरिएको हो।

Kumaribank

एसपिजि अटोमोबाइल्सका महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्द, सिनियर म्यानेजर आशिष दाहाल, तथा एबिटि मोटर्सका प्रबन्ध निर्देशक सचिन कुमार श्रेष्ठ र सोरुम म्यानेजर हिमांशु श्रेष्ठको उपस्थितिमा एलिजा गौतम र ऋषि धमलालाई हस्तान्तरण गरिएको हो।

जेइको जेसिक्स नेपालकै पहिलो अफ-रोडर इलेक्ट्रिक एसयुभि हो जसले साहसिक यात्रा गर्न चाहनेहरूका लागि परिष्कृत ड्राइभिङ अनुभव र दिगो मोबिलिटि सोलुसन प्रदान गर्दछ। जेइको जेसिक्स शक्तिशाली इलेक्ट्रिक मोटर, २०० मिलिमिटरको अग्लो ग्राउन्ड क्लियरेन्स र स्पोर्टि डिजाइनले गर्दा अन्य प्रतिद्वन्दी एसयुभिहरूभन्दा छुट्टै स्तरमा रहेको छ।

यसका अलावा, जेसिक्समा रहेको ४०० किमिको डब्लुएलटिपि रेन्ज, ६५.६९ किलोवाटआवरको ब्याट्रि क्षमता र १३५ किलोवाटको अधिकतम पावरले अफ-रोड ट्र्याकहरू तथा एडभेन्चरस यात्रामा भरपर्दो साथ दिन्छ। ओमोडा एन्ड जेइको उच्चगुणस्तरको अत्याधुनिक र परिष्कृत सुविधाहरूका साथ नेपालमा दिगो मोबिलिटि सोलुसन प्रवर्द्धन गर्न प्रतिबद्ध छ।

जेइको जेसिक्ससँगै ओमोडा एन्ड जेइकोको प्रिमियम र लामो-रेन्जको इलेक्ट्रिक एसयुभिहरूको लाइनअपमा थपिएको नयाँ एसयुभि हो। नेपाली बजारमा गत फेब्रुअरि २०२४ मा सार्वजनिक भएको ओमोडा एन्ड जेइकोले केही महिना भित्रै नेपालमा ७०० भन्दा बढी युनिट गाडीहरू डेलिभर गरिसकेको छ र ब्रान्डका गाडीहरू डिलर नेटवर्कमार्फत देशभर उपलब्ध रहेको छ।

Metro Mart

प्रकाशित: Nov 22, 2024| 12:48 शुक्रबार, मंसिर ७, २०८१
प्रतिक्रिया दिनुहोस्