आइतबार, माघ ११, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • होण्डा नेपालको चाडपर्व योजना अन्तर्गत अहमदले जिते १० लाख पुरस्कार

होण्डा नेपालको चाडपर्व योजना अन्तर्गत अहमदले जिते १० लाख पुरस्कार

 |  शुक्रबार, मंसिर ७, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ७, २०८१

काठमाडौं- होण्डा नेपालले हालै सम्पन्न गरेको चाडपर्व योजना “हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार“ अन्तर्गत एक भाग्यशाली ग्राहकले रु. १० लाख नगद पुरस्कार जितेका छन्। दशैं, तिहार र छठपर्वको रौनक मनाउन सुरू गरिएको यस योजनालाई नेपालभरका ग्राहकहरूले अत्यन्त मन पराएका थिए।

National life

यस योजनाअन्तर्गत, यो चाडपर्वको समयमा होण्डाको बाइक र स्कुटर खरिद गर्ने ग्राहकहरूले प्रत्येक खरिदमा रु.१० लाखसम्मको नगद पुरस्कार जित्न सक्ने अवसरबाट ६ जना भाग्यशाली ग्राहकहरूले पहिले नै रू. १ लाख रुपैयाँ जितेका छन्। र अन्ततः कपिलवस्तु शुद्धोधन–१ का इरफान अहमद मुसलमानले सिद्धि विनायक अटो इन्टरनेशनल प्रा.लि. भैरहवाबाट CB Shine DSS खरिद गर्दा १० लाख रुपैयाँको मुख्य पुरस्कार जितेका छन्। विजेतालाई स्क्र्याच कार्डमार्फत छनोट गरिएको हो।

अहमदले पुरस्कार जितेको र यो चाडपर्वको समय खुशी र एकतामा आधारित रहेको भन्दै यसलाई हामी हाम्रा ग्राहकहरुमाझ संगसगै मनाउन पाउँदा होण्डा नेपालले गर्व महसुस गरेको बताएको छ। “हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार“ अभियान अब आधिकारिक रूपमा सम्पन्न भएको छ। होण्डा नेपालले ग्राहकहरूलाई रोमाञ्चक नगद पुरस्कार जित्न धेरै अवसरहरू दिन पाएकोमा खुशी व्यक्त गरेको छ। यस योजनाले होण्डा नेपाललाई ग्राहकहरूसँग अझ नजिक बनायो, र यसका लागि सम्र्पुण होण्डा प्रेमी ग्राहकहरु प्रति हामी अत्यन्तै आभारी रहेको जनाएको छ।

अहमदले जितेको ठूलो धनराशीको पुरस्कार देखेर र उनीसङ्ग खुशियालीमा सहभागी हुन पाउँदा निकै उत्साहित भएको जनाएका छन्। यो पर्व खुशी र एकताको प्रतीक हो, र हामी यस योजनामार्फत यसको हिस्सा बन्न पाउँदा गर्व गर्दछौं। “हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार“ योजना अब आधिकारिक रूपमा सम्पन्न भएको छ। हामीले हाम्रा ग्राहकहरूलाई रोमाञ्चक नगद पुरस्कार जित्न धेरै अवसरहरू दिन पाएकोमा खुशी छौं। यस योजनाले हामीलाई हाम्रा ग्राहकहरूसँग अझ नजिक र आत्मिय बनायो, र यसका लागि हामी अत्यन्तै आभारी छौं।

होन्डा नेपाललेचाडबाडको रमाइलो बढाउँदै होण्डा बाइक र स्कुटर घर ल्याएर यस उत्सवमा खुशियाली थप्नुहुने सम्पूर्ण ग्राहकवर्गलाई धन्यवाद दिएको छ। साथै, आगामी दिनहरुमा पनि होण्डाले यस्ता धेरै योजनाहरु ल्याउने प्रतिज्ञा दिदै हाम्रो शोरूमहरूमा आउन प्रोत्साहन गरेको छ। भविष्यमा हुने योजनाहरुमा तपाईंहरूको सहभागिताको अपेक्षा गर्दै होण्डा परिवारको हिस्सा बन्ने आशा गरेको छ।

Laxmi sunrise bank
kumari

 

प्रकाशित: Nov 22, 2024| 12:47 शुक्रबार, मंसिर ७, २०८१
प्रतिक्रिया दिनुहोस्