आइतबार, माघ ११, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • बीवाईडीको ३० औं वार्षिकोत्सवका दिन नेपालभर १०० युनिट डेलिभरी

बीवाईडीको ३० औं वार्षिकोत्सवका दिन नेपालभर १०० युनिट डेलिभरी

 |  शुक्रबार, मंसिर ७, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ७, २०८१

काठमाडौं- बीवाईडीको लागि नेपालको आधिकारिक विक्रेता साइमेक्स इन्कले बीवाईडीको ३०औं वार्षिकोत्सव र १ करोडौं एनईभी विश्वव्यापी उत्पादनको अवसरमा नेपालभर १०० विद्युतीय गाडी डेलिभरी गरेकाे छ।

National life

यसले नेपाललाई दिगो यातायाततर्फ उन्मुख गराउने प्रयासलाई अझ बलियो बनाउँदै विश्वव्यापी अटोमोटिभ इन्डस्ट्रीमा भएको क्रान्तिकारी नेतृत्व र नेपालमा यसको बढ्दो प्रभावलाई झल्काउँछ। साइमेक्स इन्कले बीवाईडी अटो ३, बीवाईडी डल्फिन, बीवाईडी सीलजस्ता मोडलहरू प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।

यी गाडीहरूमा अत्याधुनिक ब्लेड ब्याट्री प्रविधि, सुरक्षाको उच्च स्तर र उत्कृष्ट प्रदर्शनको कारणले नेपाली ग्राहकहरूको रोजाइमा परेका छन्। विश्वव्यापी रूपमा बीवाईडी १ करोड एनइभी उत्पादन गर्ने पहिलो गाडी निर्मातासमेत बनेको छ।

३० वर्ष पहिले २० कर्मचारीबाट सुरुवात भएको कम्पनी हाल विश्वभर करिव १० लाख कर्मचारी सहितको बहुराष्ट्रिय कम्पनीमा रूपान्तरण भएको छ। बीवाईडीले ५० लाख एनईभी उत्पादन गर्न १५ वर्षको समय लगाएको थियो। तर अर्को ५० लाख सवारीसाधन उत्पादनको लक्ष्य भने १५ महिनामै हासिल गर्न सफल भएको छ।

बीवाईडीको स्थापना सन् १९९५ फेब्रुअरीमा भएको थियो। सुरुमा बीवाईडी रिचार्जेबल ब्याट्री उत्पादनमा केन्द्रित थियो। सन् १९९८ मा यो विश्वकै दोस्रो ठूलो ब्याट्री उत्पादक कम्पनी बन्यो। बीवाईडी मोटोरोला र नोकियालाई ब्याट्री उपलब्ध गराउने प्रमुख कम्पनी बन्यो।

Laxmi sunrise bank
kumari

सन् २००३ मा जियान क्विनचुआन अटोमोटिभलाई प्राप्ति गरेर इन्धनबाट चल्ने सवारीसाधन उत्पादनका साथ बीवाईडी अटोमोटिभ इन्डष्ट्रीमा प्रवेश गरेको थियो।

प्रकाशित: Nov 22, 2024| 12:46 शुक्रबार, मंसिर ७, २०८१
प्रतिक्रिया दिनुहोस्