मंगलबार, जेठ १९, २०८३

झापामा पहिलो चौमासिकमा सात प्रतिशत मात्रै खर्च

 |  बिहीबार, मंसिर ६, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ६, २०८१

भद्रपुर- झापामा चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा पुँजीगत खर्च निरासाजनक देखिएको छ। जिल्लामा सात दशमलव ३४ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ। 

National life

कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका कार्यालय प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीका अनुसार जिल्लाको पुँजीगततर्फ १० अर्ब २८ करोड चार लाख रुपैयाँ विनियोजन भएकामा कात्तिक मसान्तसम्म ७५ करोड ४८ लाख रुपैयाँ खर्च भएको छ।  

'चालुतर्फ विनियोजित १५ अर्ब ८८ करोड ३८ लाख ९२ हजार मध्ये २९ दशमलव २२ अर्थात् चार अर्ब ६४ करोड १७ लाख खर्च भएको छ', उनले भने।

समग्रमा चालु आब २०८१/८२ को कात्तिक मसान्तसम्म जम्मा २० दशमलव ६३ प्रतिशत अर्थात् पाँच अर्ब ३९ करोड ६५ लाख ६१ हजार खर्च भएको प्रमुख कोष नियन्त्रक भण्डारीले बताए। उनका अनुसार समयमै बजेट निकासा हुँदा पनि जिल्लास्थित संघीय कार्यालय तथा स्थानीय तहहरुले अपेक्षित पुँजीगत बजेट खर्च गर्न सकेन। 

कार्यालयको तथ्यांक अनुसार चालु आव २०८१/८२ को पहिलो चौमासिकमा जिल्लाभर ६ अर्ब एक करोड ९८ लाख ८६ हजार राजस्व संकलन भएको छ। सो अवधिमा  सबैभन्दा धेरै मेची भन्सार कार्यालय काँकरभिट्टाले चार अर्ब ६२ करोड ८४ लाख राजस्व संकलन गरेको छ। रासस

Shivam cement

प्रकाशित: Nov 21, 2024| 21:31 बिहीबार, मंसिर ६, २०८१
प्रतिक्रिया दिनुहोस्