आइतबार, मंसिर २८, २०८२

बाढीबाट भएको क्षतिको विवरण संकलन गर्दै कृषि मन्त्रालय

 |  बिहीबार, मंसिर ६, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ६, २०८१

काठमाडौं- कृषि तथा पशुपक्षी विकास मन्त्रालयले कृषि क्षेत्रमा बाढीपहिरोबाट भएको क्षतिको तथ्यांक संकलन थालेको छ।

National life

गत असोजको बाढीपहिरोले देशभर भएको क्षतिको विवरण संकलन प्रदेशस्थित कृषि कार्यालयमार्फत थालिएको उक्त मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले बताए। 

वास्तविक किसानको नोक्सानीको विवरण संकलन भएपछि उनीहरुलाई विभिन्न दातृ निकाय तथा विकास साझेदारसँग समन्वय गरी सहयोग गर्ने सरकारको योजना छ।  

सूचना अधिकारी जोशीका अनुसार सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर, बागलुङ, खोटाङ, झापा, कैलाली, लमजुङ, पर्वत, कास्की, स्याङ्जा, सिन्धुली, मकवानपुर र काभ्रेपलाञ्चक जिल्लामा क्षति भएको छ।

बाढीबाट ६ अर्ब रुपैयाँ बराबरको क्षति भएको मन्त्रालयको अनुमान छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 21, 2024| 16:31 बिहीबार, मंसिर ६, २०८१
प्रतिक्रिया दिनुहोस्