सोमबार, मंसिर २९, २०८२

चितवनमा धान उत्पादन घट्यो

 |  बिहीबार, मंसिर ६, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ६, २०८१

चितवन- गत वर्षको तुलनामा यो वर्ष चितवनमा धान उत्पादनमा ह्रास आएको छ। कृषि विकास कार्यालयका अनुसार यसवर्ष वर्षे धान एक लाख १२ हजार ९२ दशमलव ४८ मेट्रिकटन उत्पादन भएको छ।

National life

गतवर्ष वर्ष एक लाख १४ हजार २६९ दशमलव चार मेट्रिक टन धान उत्पादन भएको थियो।

यो वर्ष २७ हजार २७० हेक्टरमा धानखेती भएको थियो। उक्त कार्यालयले क्रप ‘क्रपकटिङ्’ माध्यमबाट लिएको तथ्यांकअनुसार यस वर्ष उत्पादकत्वमा पनि कमी आएको छ। प्रतिहेक्टर ४ दशमलव १२ मेट्रिक टन उत्पादन भएको छ।

पूर्वी चितवनका केही स्थानमा सावा मन्सुली, सावित्री धानमा डट्टी पेनिकल, कालो पोके, राइस लिफ फोल्डर, गबारो र पतेरा प्यानीकल व्लाईट रोगका कारण उत्पादन घटेको उक्त कार्यालयले जनाएको छ।

जिल्लामा चैते ५, सावित्री, वार, बहुगुणी २, हर्दिनाथ १, हर्दिनाथ ६, पिआरे, सावा मन्सुली, मोती, गोरखनाथ, जिरामसिनो, राम धानखेती हुने गरेको छ। रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 21, 2024| 21:01 बिहीबार, मंसिर ६, २०८१
प्रतिक्रिया दिनुहोस्