शनिबार, असार २८, २०८२

बालकुमारीमा विद्युत चुहावट भएर आगलागी

 |  बिहीबार, मंसिर ६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ६, २०८१

vianetvianet

ललितपुरको बालकुमारीस्थित एउटा घरमा मध्यरातमा विद्युत् चुहावट भएर आगलागी भएको छ। 

महानगरीय प्रहरी प्रभाग कोटेश्वरका अनुसार बालकुमारीस्थित सिसिआरसी कलेज नजिक स्वाभिमान श्रेष्ठको दुई तले घरमा एक्कासी विद्युत् चुहावट भएर आगलागी भएको हो। आगलागीबाट घरको पहिलो तलामा भोजराज भट्टले सञ्चालन गर्नुभएको ‘डगेरा फार्मेसी’ जलेर नष्ट भएको प्रभागका सहायक हवल्दार रुद्रप्रसाद गौतमले जानकारी दिए। 

यसैगरी आगलागीबाट श्रेष्ठको घरसँगै एउटा पान पसल र मःम पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। सँगैको ‘जुम्बा डान्स सेन्टर’ पनि जलेर नष्ट भएको छ। आगलागीबाट भएको क्षतिको विवरण यकिन नभएको प्रहरीले जनाएको छ।

पाँचवटा दमकलको सहयोगमा एक घण्टापछि आगो निभाइएको थियो। आगो निभाउन काठमाडौँका तीन र ललितपुरका दुईवटा दमकलका साथै प्रहरी परिचालन गरिएको थियो। 

प्रकाशित: Nov 21, 2024| 08:43 बिहीबार, मंसिर ६, २०८१
प्रतिक्रिया दिनुहोस्