आइतबार, माघ ११, २०८२

विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब पुग्यो

 |  मंगलबार, मंसिर ४, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ४, २०८१

काठमाडौं- चालु आर्थिक वर्षको पहिलो तीन महिनामा चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ भने विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च देखिएको छ।

National life

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको तीन महिनाको तथ्याङकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनअनुसार उक्त अवधिमा चालु खाता रू एक खर्ब ११ अर्ब ८७ करोडले बचतमा छ। 

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रू ५९ अर्ब ६५ करोडले बचतमा थियो। यस अवधिमा खुद पुँजीगत ‘ट्रान्सफर’ रू दुई अर्ब कायम भएको छ भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रू चार अर्ब ८१ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर रू एक अर्ब १५ करोड कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (ईक्विटि मात्र) रू तीन अर्ब ३८ करोड रहेको थियो।

पहिलो तीन महिनामा शोधनान्तर स्थिति रू एक खर्ब ८४ अर्ब ९९ करोडले बचतमा रहेको छ। त्यस्तै गत असार मसान्तसम्ममा रू २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति तीन महिनामा नौ दशमलव चार प्रतिशतले वृद्धि भई गत असोज मसान्तमा रू २२ खर्ब ३२ अर्ब २८ करोड पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १५ अर्ब २७ करोड रहेकामा असोज मसान्तमा आठ दशमलव सात प्रतिशतले वृद्धि भई १६ अर्ब ६० करोड पुगेको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकको सञ्चिति रू १९ खर्ब ८८ अर्ब पुगेको छ। बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति रू दुई खर्ब ४४ अर्ब २७ करोड कायम भएको छ। गत असोज मसान्तसम्मको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव नौ प्रतिशत रहेको छ।

Laxmi sunrise bank
kumari

चालु आर्थिक वर्षको तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति र वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित: Nov 19, 2024| 15:51 मंगलबार, मंसिर ४, २०८१
प्रतिक्रिया दिनुहोस्