सोमबार, भदौ १, २०८३

संखुवासभामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु

 |  सोमबार, मंसिर ३, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ३, २०८१

सङ्खुवासभा- सङ्खुवासभामा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ। 

सिलिचोङ गाउँपालिका–३ खङ्वा खोला नजिकै तेवा भीरबाट लडेर स्थानीय राजन राईको मृत्यु भएको छ। प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार भीर मौरीको मह काढ्ने क्रममा उनी भीरबाट लडेका हुन्। उनको घट्नास्थलमै मृत्यु भएको हो। 

त्यस्तै, मकालु गाउँपालिका–२ सेदुवामा एस्काभेटर दुर्घटना हुँदा स्थानीय ३० वर्षीय सुरबिर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कासुवा खोला जलविद्युत् आयोजनाका लागि बाटो खन्ने क्रममा एस्काभेटर दुर्घटनामा परेको हो।

प्रकाशित: Nov 18, 2024| 16:49 सोमबार, मंसिर ३, २०८१
प्रतिक्रिया दिनुहोस्