मंगलबार, पुस १, २०८२

फलफूल तथा तरकारीको विषादी परीक्षण तीन महिनादेखि बन्द

 |  सोमबार, मंसिर ३, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ३, २०८१

चितवन- भरतपुर महानगरपालिका-२ मा रहेको महानगर फलफूल तथा तरकारी बजारको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला विगत तीन महिनादेखि बन्द अवस्थामा रहेको छ। मेसिनमा खराबी देखिएपछि प्रयोगशालाबाट परीक्षणको काम रोकिएको हो।

National life

कृषि विकास कार्यालय चितवनका सूचना अधिकारी सुरुचि त्रिपाठीका अनुसार गत तीन महिनादेखि मेसिन बिग्रिएपछि विषादी परीक्षणको काम रोकिएको हो।

दैनिक करिब पाँचवटा नमूनाको विषादी परीक्षण गरिने मेसिन बिग्रिएपछि बनाउनका लागि पठाइएको उनले जानकारी दिइन्।

मौसम अनुसारका ताजा तरकारी तथा फलफूलमा विषादीको अवशेष परीक्षण गरिँदै आइएको थियो। प्रयोगशाला विसं २०७६ असोज ७ गते स्थापना गरिएको थियो। त्यसपछि वार्षिक सात सयभन्दा बढी नमूना परीक्षण गरिँदै आइएको थियो। परीक्षणका आधारमा विषादी युक्त फलफूल तथा ताजा तरकारी नष्ट गर्ने र केही समय राखेर मात्र बिक्री गर्न दिइने गरिएको थियो।

कार्यालयका प्रमुख झलकनाथ कँडेलका अनुसार ‘स्पेक्ट्रो फोटो मिटर’ बिग्रिएकाले निर्माणका लागि काठमाडौं पठाइएको छ।

Laxmi sunrise bank
kumari

उनले भने, 'मर्मत भइसकेको छ । हप्ता दश दिनमा यहाँ आइसक्छ। अनि तत्काल काम सुरु हुन्छ।' रासस

प्रकाशित: Nov 18, 2024| 18:01 सोमबार, मंसिर ३, २०८१
प्रतिक्रिया दिनुहोस्