शुक्रबार, मंसिर २६, २०८२

फ्लाई ओभर निर्माणमा ढिलासुस्ती नगर्न मन्त्री दाहालको निर्देशन

 |  सोमबार, कात्तिक २६, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २६, २०८१

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाई ओभरको आज स्थलगत निरीक्षण गरेका छन्। मन्त्रालयका उच्च अधिकारीसहित उनी निर्माणस्थलमा पुगेका हुन्।

National life

निरीक्षणपश्चात् मन्त्री दाहालले फ्लाई ओभर निर्माणको कामलाई गति दिन निर्देशन दिए। त्यसक्रममा उनले पूर्वाधार तथा विकास आयोजना निर्माण कार्यमा हुने ढिलासुस्ती सह्य नहुने बताए।

काठमाडौंको सहरी तथा यातायात व्यवस्थापन गर्न महत्वपूर्ण हुने अपेक्षा राखिएको उक्त फ्लाई ओभर निर्माणको कार्यलाई गति दिएर समयमै सक्न मन्त्री दाहाले निर्देशन दिए। निरीक्षण टोलीमा मन्त्री दाहालसहित मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरि पोखरेललगायत थिए।

विसं २०७८ फागुन १२ गतेदेखि निर्माण सुरु भएको उक्त फ्लाई ओभर आगामी पुस पहिलो हप्तासम्म निर्माण सम्पन्न गर्नुपर्ने छ।

तीस मिटर स्पानको चार लेनको सो पुलसहितको फ्लाई ओभर निर्माणको काम आशिष-समानान्तर-रेलिगेर जेभी काठमाडौंले गरिरहेको छ। रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 11, 2024| 16:10 सोमबार, कात्तिक २६, २०८१
प्रतिक्रिया दिनुहोस्