काठमाडौं- आफूले एक पैसा पनि घुस नखाने भन्दै खुलामञ्चमा फाँसी चढ्न तयार रहेको दाबी गर्दै आएका सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको देखाउने र चपाउने दाँत फरक रहेको तथ्य फेला परेको छ। टेलिकमको फोरजी सेवा सञ्चालन गर्न छुट्ट्याएको २१ अर्ब रुपैयाँको कमिसनमा आँखा लगाएपछि दोहोरो चरित्र उदांगो भएको हो।
टेलिकममा कामिनी राजभण्डारी महाप्रबन्धक नियुक्ति हुुँदा कम्पनीको कार्य सञ्चालन आय ३४ करोड रुपैयाँ घटेकोे थियो । अर्को वर्ष त्यो रकम बढेर करिब एक अर्ब पुगेको थियो। राजभण्डारी गत साउनमा महाप्रबन्धकबाट हटेपछि कम्पनी नेतृत्वविहीन छ । नेतृत्वविहीन भएका कारण चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीको कार्य सञ्चालन आय एक अर्ब ३८ करोड रुपैयाँले घटेको छ। यसरी आय घट्दै जाने हो कम्पनीको आय चालु आव अन्त्यसम्ममा पाँच अर्ब रुपैयाँ घट्ने देखिन्छ।
अहिले मन्त्री बाँस्कोटा घाटामा गएको कम्पनीबाट आम्दानी गर्ने उद्देश्यले ‘कठपुतली’ महाप्रबन्धक नियुक्ति गर्ने गृहकार्यमा जुटेका छन्। स्रोतका अनुसार उनले वरिष्ठतालाई मिचेर टेलिकमको ५४औं वरीयतामा रहेका डिल्लीराम अधिकारीलाई महाप्रबन्धक नियुक्त गर्न लागेका छन् । फोरजी खरिद प्रक्रियामा आफू प्रत्यक्ष संलग्न रहन र सप्लायर्ससँग आफैं डिल गर्नका लागि बाँस्कोटाले आफूले भनेको मान्ने व्यक्तिलाई महाप्रबन्धक नियुक्त गर्न लागेको बताइएको छ।
अख्तियारको आदेश तोड्दै मन्त्री
टेलिकमले फोरजी प्रक्रिर्यो। अख्तियारले नयाँ प्रविधिलाई समेत ख्याल गरी फोरजी सञ्चालन गर्न निर्देशन दियो । त्यसपछि मन्त्रालय पुगेको फाइल ६९ दिनसम्म राखेर अख्तियारको निर्देशनसमेत अटेर गरी यही पुस १६ गते कम्पनीमा फिर्ता पठाइएको छ। कम्पनी नेतृत्वविहीन भएपछि यससम्बन्धी काम अगाडि बढेको छैन।
एनसेल २८ सहरमा, टेलिकम दुई सहरमा सीमित
एनसेलले करिब दुई अर्ब ८० करोड लागतमा २८ सहरमा फोरजी सेवा सञ्चालन गरिरहेको छ। नेपालका प्रमुख सहरमा टेलिकमले सञ्चालन गर्न लागेको फोरजी सेवाका लागि ५ देखि ६ अर्ब रुपैयाँसम्ममा ६ देखि ९ महिनाभित्रमा अपग्रेडेड फोरजी सेवा सञ्चालन गर्न सकिन्छ । यस्तो अवस्था हुँदाहुँदै टेलिकमले तीन वर्ष लगाएर करिब २१ अर्ब खर्च गर्ने तयारी गरेको छ। निजी कम्पनीले त्यति धेरै सहरमा सुरु गर्दा टेलिकमले भने पोखरा र काठमाडौंमा मात्र सीमित गरेको छ।
विज्ञहरूले थ्रिजीलाई अपग्रेड गरी फोरजी सञ्चालन गर्न सुझाव दिएका थिए। मन्त्री बाँस्कोटा भने कमिसनको लोभमा फोरजी ल्याउने तयारीमा लागेको स्रोतले बतायो।
फोरजी आउँदाआउँदै फेज आउट !
अहिले टेलिकममा फोरजीका लागि टेन्डर प्रक्रिया चलिरहेको छ। प्रक्रिया पूरा गराई फोरजी सञ्चालन गर्न करिब तीन वर्ष लाग्छ। यो सेवा नेपालमा सञ्चालन सुरु हुँदा भारतमा पाइभजी सुरु भइसक्छ। त्यसकारण पाइभजी सेवा सुरु गर्ने बेलामा फोरजीको सेवा फेज आउट हुन्छ।
अख्तियारको निर्देशनसमेत ख्याल गरेर फाइभजी सेवाका लागि सम्झौता गर्नुपर्ने सुझाव मन्त्रीले रद्दीको टोकरीमा फालिदिएका छन् । समयमा फोरजी सेवा सञ्चालन गरेको भए एकडेढ वर्षमै त्यसले आम्दानी दिन्थ्यो। अब सञ्चालन हुँदा कम्पनीलाई राम्रो आम्दानी हुँदैन। तर अब यसको सञ्चालनले कम्पनीलाई राम्रो आम्दानी दिँदैन बरु हाललाई नेपालभर उपत्यकामा भएजस्तै अपग्रेडेड फोरजी चलाउने र फोरजी र फाइभजीको आवश्यकता पुनः अध्ययन तथा छलफल गरी नयाँ टेन्डर प्रक्रिया अघि बढाउन विज्ञले सुझाव दिएका छन्।
स्रोतका अनुसार राजनीतिक हस्तक्षेप र असक्षम नेतृत्वका कारण धराशयी हुन लागेको नेपाल टेलिकमलाई दुनो गाईजस्तै बनाएर मन्त्री बाँस्कोटाले राम्रो कमाइ गर्ने तयारी गरेको कम्पनीका धेरै कर्मचारीले थाहा पाइसकेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४