शुक्रबार, मंसिर ७, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • सुरक्षा अपडेटसहित लन्च भयो सामसङ ग्यालेक्सी ए१६ फाइभजी

Siddartha premir insuranceSiddartha premir insurance

सुरक्षा अपडेटसहित लन्च भयो सामसङ ग्यालेक्सी ए१६ फाइभजी

 |  आइतबार, कात्तिक २५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २५, २०८१

काठमाडौं-  सामसङले ६ वर्षको सफ्टवेयर सपोर्ट, सिक्नेचर ‘Key Island’ सहितको प्रिमियम ग्यालेक्सी ए-सिरिज डिजाइन, IP54 रेटिङ, मिडियाटेक प्रोसेसर र ट्रिपल क्यामेरा सिस्टमको साथमा नयाँ किफायती मिडरेन्ज स्मार्टफोन ग्यालेक्सी ए१६ फाइभजी ल्याएको छ।

triton college

नयाँ ग्यालेक्सी ए१६ फाइभजी नोभेम्बर ९ मा ओटाकु जात्रामा लन्च गरिएको थियो, जहाँ उपभोक्ताहरू इभेन्टमा उपकरणको प्रत्यक्ष अनुभव गर्न पाउँदा धेरै उत्साहित थिए। थुप्रै प्रशंसकहरू र प्राविधिक उत्साहीहरूका लागि एक केन्द्रको रूपमा रहेको ओटाकु जात्रा ग्यालेक्सी ए१६ फाइभजीका रोमाञ्चक सुविधाहरु प्रदर्शन गर्न उत्तम ठाउँ थियो। यस जीवन्त कार्यक्रममा सहभागी भएर सामसङले नेपाली उपभोक्ताहरूका लागि नवीन अनुभव ल्याउँदै जीवन्त, प्राविधिक ज्ञान भएका समुदायसँग संलग्न रहन जारी राखेको छ।

ग्यालेक्सी ए१६ फाइभजी लोकप्रिय गायक वाङ्देन शेर्पासँग नोभेम्बर ९ मा सिल्भर ओक बैंक्वेटमा ओटाकु जात्रामा सार्वजनिक गरिएको थियो। सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले भने, ‘आफ्नो सेग्मेन्टमा ६ पुस्ताको ओएस अपग्रेड र ६ वर्षको सुरक्षा अपडेटहरू उपलब्ध गराएर ग्यालेक्सी ए१६ फाइभजी ले भ्याल्यु प्रपोजिसनलाई पुनः परिभाषित गर्न प्रयोगकर्ताहरूलाई लामो समयसम्म नवीनतम सुविधाहरूको आनन्द लिन सक्षम बनाउँदै मिड-रेन्ज स्मार्टफोनहरूमा अतुलनीय अनुभव प्रदान गर्न तयार छ।’

सामसङले ग्यालेक्सी ए१६ फाइभजी लाई ग्यालेक्सी ए-सिरिजको सबैभन्दा पातलो मिड-रेन्ज उपकरणको रूपमा प्रस्तुत गरेको छ, जसको मोटाइ मात्र ७.९ एमएम रहेको छ। यसको पातलो, स्लिम डिजाइनले गर्दा प्रयोगकर्ताले यसलाई आरामसँग सजिलै समात्न सक्छन्। ग्यालेक्सी ए१६ फाइभजीले प्रिमियम फिनिस र विशिष्ट की आइल्याण्ड (Key Island) फ्रेमको साथ ग्लास्टिक ब्याक प्यानलको सुविधा दिन्छ, जहाँ साइड माउन्ट गरिएका बटनहरू सजिलो पहुँचको लागि हल्का रूपमा उठाइएको फ्रेममा राखिएका छन्।

स्थायित्वका लागि निर्मित ग्यालेक्सी ए१६ फाइभजीले IP54 रेटिङ पनि राख्छ, जसले दैनिक सुरक्षाको लागि भरपर्दो रुपमा धूलो र पानी प्रतिरोध प्रदान गर्दछ। शक्तिशाली ५० एमपी प्राथमिक क्यामेरा, ५ एमपी अल्ट्रा-वाइड क्यामेरा र २ एमपी म्याक्रो क्यामेराले सुसज्जित ग्यालेक्सी ए१६ फाइभजीले क्रीस्प र विस्तृत तस्बिरहरू खिच्छ। जबकि १३ एमपी फ्रन्ट क्यामेराले सेल्फी र भिडियो कलको स्तरलाई बढाउँछ। फोनमा ६.७ इन्च फुल एचडी प्लस सुपर एमोलेड डिस्प्लेको साथमा ९० हर्ज रिफ्रेस रेट एवं माइक्रो एसडीमार्फत १ टीबीसम्म विस्तार गर्न सकिने स्टोरेज रहेको छ।

Metro Mart
vianet

हुडअन्तर्गत ग्यालेक्सी ए१६ फाइभजी मिडियाटेक डी६३००द्वारा सञ्चालित छ, जसले गेमिङ, स्ट्रिमिङ र सामग्री साझेदारीको लागि उत्कृष्ट पर्फमेन्स प्रदान गर्ने कम्पनीको दाबी छ। शक्तिशाली ५ हजार एमएएच ब्याट्रीको साथ यसले प्रयोगकर्तालाई कनेक्टेड राख्न दिनभरि पावर दिने बताइएको छ।

ग्यालेक्सी ए१६ फाइभजीसँग ६ वर्षको अपरेटिङ सिस्टम अपडेट र ६ वर्षको सुरक्षा अपडेटहरू प्रदान गर्दै दीर्घकालीन सुरक्षा र पर्फमेन्स प्रदान गर्न प्रतिबद्ध छ। EALS+ सर्टिफिकेशनमार्फत मानसिक शान्ति प्रदान गर्दै Samsung Knox Vault सँग सुरक्षा एक उच्च प्राथमिकता हो। यसका थप सुविधाहरूमा परिस्कृत कनेक्टीभिटीको लागि गुगल मिट र क्वीक शेयरको साथ सहज अनुभव समावेश छन्।

कालो, हल्का हरियो र सुनौला रङ्गमा उपलब्ध ग्यालेक्सी ए१६ फाइभजीको 6/128 GB भेरियन्टको मूल्य रु.२८,९९९, 8/128 GB भेरियन्टको रु.३०,९९९ र 8/256 GB भेरियन्टको रु. ३४,९९९ मूल्य रहेको छ। ग्यालेक्सी ए१६ फाइभजीको प्रत्येक खरिदमा २५ वाटको एड्याप्टर निःशुल्क आउँछ। यी उत्पादनहरु १२ नोभेम्बरदेखि बजारमा उपलब्ध हुनेछ।

यो मोडल सबै अधिकृत सामसङ स्टोरहरूमा इन्स्टा फाइनान्स सेवामार्फत खरिद गर्न सकिन्छ, जिरो प्रतिशत थप ब्याज र स्विफ्ट प्रोसेसिङको साथ झन्झटरहित ईएमआई विकल्पहरू प्रदान गर्दै एक घण्टाभित्र तपाईंको उपकरण तपाईंको हातमा पाउन सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: Nov 10, 2024| 11:34 आइतबार, कात्तिक २५, २०८१
प्रतिक्रिया दिनुहोस्