शुक्रबार, मंसिर ७, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

'हुन्डाई आयोनिक ५' इभी अब १०० किलोवाटमा पनि उपलब्ध

 |  आइतबार, कात्तिक २५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २५, २०८१

काठमाडौं- नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाली बजारमा उपलब्ध भइरहेको हुन्डाईको इलेक्ट्रिक कार आयोनिक ५ अब १०० किलोवाट मोटरमा उपलब्ध गराउने भएको छ।

triton college

१०० किलोवाट क्षमताको आयोनिक ५ इभीको मूल्य ९२ लाख ९६ हजार रूपैयाँ हुनेछ। सन् २०२२ फेब्रुअरीमा आयोनिक ५ नेपाल आएको थियो।

आयोनिक ५ मा ५८ किलोवाट क्षमताको ब्याट्री जडान गरिएको र यसले ३७५ किलोमिटरसम्मको रेन्ज दिने दाबी कम्पनीको छ। आयोनिक ५ ले २०२२ को विश्व कार अफ दि इयर, विश्व इलेक्ट्रिक कार अफ दि इयर र विश्व कार डिजाइन अफ दि इयर जस्ता सम्मानित पुरस्कारहरू प्राप्त गरेको छ।

अन्तर्राष्ट्रिय रूपमा समेत चर्चा पाइसकेको हुन्डाई आयोनिक ५ सबैभन्दा बढी सजावटयुक्त र प्रिमियम इलेक्ट्रिक कार मान्न सकिन्छ। यो निकै नै स्टाइलिस र फ्युचरिस्टिक मोडलमा उपलब्ध छ जसमा भएको प्यारामेट्रिक पिक्सेल हेडल्याम्प, क्लाम सेल हुड र पिक्सेल टेललाइटले धेरैको आँखा लोभ्याउछ।

आयोनिक ५ इभीको मोटर पावर फरक भए पनि सो इभीले दिने रेन्ज र अन्य स्पेक भने १२५ किलोवाटको जस्तै हुनेछ। करिब एक महिनाभित्रै सो नयाँ गाडी नेपाली बजारमा उपलब्ध हुने १०० किलोवाटको आयोनिक ५ खरिद गर्न चाहने ग्राहकले आजबाटै सोरुममा बुक गर्न सक्नेछन्।

Metro Mart
vianet

प्रिमियम फिचर, भविष्य उन्मुख डिजाइन र उत्कृष्ट रेन्ज आयोनिक–५ लग्जरी क्रसओभर सेग्मेन्टमा बिक्री हुँदै आएको विद्युतीय कार हो। हुन्डाईले यसलाई ८०० भोल्ट इलेक्ट्रीकल आर्किटेक्चरमा तयार गरेको हो।

आयोनिक ५ नेपालमा उपलब्ध अहिलेसम्मकै छिटो चार्ज हुन सक्ने इभी हो। यसले ३५० किलोवाट क्षमताको डिसी फास्ट चार्जर सपोर्ट गर्छ। उक्त चार्जरले यसलाई १८ मिनेटमा नै १० देखि ८० प्रतिशत चार्ज गर्न सक्नेछ।

नेपाली बजारमा प्रिमियम इभी चढ्न चाहनेहरूको लागि आयोनिक ५ एक उत्कृष्ट रोजाइ रहेको कम्पनीको भनाइ छ।

 

प्रकाशित: Nov 10, 2024| 11:32 आइतबार, कात्तिक २५, २०८१
प्रतिक्रिया दिनुहोस्