शनिबार, मंसिर २७, २०८२

सरकारलाई निर्देशित गर्न कांग्रेस र एमालेले बनाए संयन्त्र

 |  बुधबार, कात्तिक २१, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २१, २०८१

काठमाडौं- सरकारको कामलाई प्रभावकारी बनाउन भन्दै कांग्रेस एमालेले संयन्त्र बनाएका छन्। दुई दलबाट सरकारमा सहभागीसमेत राखेर सरकार सञ्चालनलाई निर्देशन गर्न संयन्त्र बनाएका हुन्।

National life

दुई दलीय संयन्त्रमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु देउवा छिन्। त्यस्तै एमालेका तर्फबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव एवं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल छन्।

विपक्षीहरुले सत्ता गठबन्धनमा समस्या देखिन थालेको बताइ रहँदा दुई दलले गठबन्धनलाई अझ मझबुत बनाउने उद्देश्यका साथ संयन्त्र गठन गरेका हुन्।

संयन्त्रलाई प्रदेश र जिल्ला तहसम्म विस्तार गरेर दुई दलको गठबन्धनबाट बनेका सरकार तथा स्थानीयसम्मलाई निर्देशित गर्नेछ। केन्द्रमा बनेको संयन्त्रले दुई दलबीच सरकार गठन हुँदा भएको सात बुँदे सहमतिलाई आधारका मानेर कार्यान्वयनको खाका तयार पार्नेछ।

कांग्रेस पार्टी कार्यालय सचिव केशवराज जोशीका अनुसार संयन्त्रको पहिलो बैठक मंगलबार बसेको छ। बैठकले दुईवटा निर्णय गरेको उनले जानकारी दिए। जसमा संयन्त्रको नेतृत्व दुई दलले आलोपालो गर्ने भएका छन्। पहिलो महिना (कार्तिक २१ देखि मंसिर २० सम्म) संयन्त्रको नेतृत्वमा उपसभापति खड्काले गर्ने भएका छन्।

Laxmi sunrise bank
kumari

त्यस्तै प्रधानमन्त्रीको चीन भ्रमणको तयारी गर्न परराष्ट्रमन्त्री आरजु राणाको नेतृत्वमा भ्रमणको तयारी गर्ने निर्णय भएको छ।
 

प्रकाशित: Nov 06, 2024| 19:10 बुधबार, कात्तिक २१, २०८१
प्रतिक्रिया दिनुहोस्