शुक्रबार, मंसिर ७, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

तिहारमा बिक्यो ५० करोडको फूल

 |  बुधबार, कात्तिक २१, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २१, २०८१

काठमाडौँ- यस वर्षको तिहारमा रु ५० करोड बराबरको फूलको कारोबार भएको छभने सबैभन्दा धेरै खपत काठमाडौँ उपत्यकामा भएको छ ।

triton college

फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष दिलीप बादेका अनुसार गत वर्षकै हाराहारीमा यस वर्ष फूलको कारोबार भएको छ । यस वर्ष उपभोक्ताले सामान्यतया एउटा मालाको रु एक सय तिर्नुपरेको थियो ।  

काठमाडौँ महानगरपालिका (कामपा)ले फूल बिक्रीस्थल तोकेका कारण यस वर्षसहज भएको उहाँले बताउनुभयो । यस वर्ष कामपाले नेपाली फूल किसानलाई फूल बेच्न ४६  स्थान  तोकेको थियो । 

बजार माग हरेक वर्ष १५ देखि २० प्रतिशतसम्म वृद्धि हुने तर उत्पादन भने बढीमा १० प्रतिशतले मात्र वृद्धि हुने गरेको छ । विशेषगरी तिहारमा प्रयोग हुने मखमली र गोदावरी फूल स्वदेशी उत्पादनले नै पुग्ने गरेको भए पनि सयपत्री र रातो गुलाफ भने भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको अध्यक्ष बादेले बताए । 

काठमाडौँ उपत्यकाको तीन जिल्लासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ वटा जिल्लामा पुष्पखेती विस्तार भएका छन् । व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएका उनले जानकारी दिए । पुष्पखेतीबाट ४४ हजारभन्दा बढी लाभान्वित भएका छन्भने दुई सय २१ हेक्टरमा एक हजार एक सय ८४ व्यवसायीले पुष्पखेती गरेका छन् ।
 

Metro Mart
vianet

प्रकाशित: Nov 06, 2024| 10:30 बुधबार, कात्तिक २१, २०८१
प्रतिक्रिया दिनुहोस्