शुक्रबार, मंसिर ७, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

भुइँकटहर बेचेर वार्षिक १५ लाखसम्म आम्दानी

 |  बुधबार, कात्तिक २१, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २१, २०८१

धरान (सुनसरी)- बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्टले २०७७ सालमा नेपाल प्रहरीको सेवाबाट निवृत्त भएपछि सुरुमा वैदेशिक रोजगारीमा जाने सोच बनाएका थिए। तर पछि विदेशमा गर्ने दुःख यही गर्न सके केही उपलब्धि हुन्छ कि भन्ने सोचले उनी कृषि क्षेत्रमा सक्रिय भए।

triton college

अहिले उनलाई तत्कालीन समयमा आफूले लिएको निर्णय सही भएको लागेको छ। तत्कालीन समयदेखि भुइँकटहर खेतीकोमा लाग्नुभएका उनले यसैबाट मनग्गे आम्दानी गरिरहेका छन्।

हाल उनले एक विघामा भुइँकटहर लगाएका छन्। यसबाट वार्षिक रु १५ लाख आम्दानी हुने गरेको उहाँले सुनाउनुभयो। वार्षिक रु एक लाख खर्च खर्च कटाउँदा रु १४ लाखसम्म सजिलै बचाउन सकिने उनको भनाइ छ। 

उनले भने, भुइँकटहरको माग राम्रो छ बजारमा भनेको  मूल्य पनि पाइन्छ। गत वर्षभन्दा अझ केही विरुवा थप गरेको छु अर्को वर्ष आम्दानीमा अझै बढ्छ।”

उनका अनुसार भुइँकटहरको खेतीमा वर्षपिच्छे ठूलो मेहनत पनि चाहिन्न। वर्षमा एक पटक गोडमेल गर्दा पनि राम्रो आम्दानी लिन सकिन्छ। उनले भुइँकटहर प्रतिगोटा रु एक सयदेखि रु एकसय ५० सम्म बिक्री गर्दै आएका छन्। भुइँकटहर लिन कतिपय व्यापारीहरु फर्ममै आइपुग्ने उनको भनाइ छ। 

Metro Mart
vianet

अहिले सुनसरीको बराहक्षेत्रमा भुइकटरको खेती गर्ने किसानको सङ्ख्या सीमित भएकाले बिक्रीका लागि समस्या नभएको उनले सुनाए। उनका अनुसार विरुवा बिक्रीबाट मात्रै वार्षिक रु एक लाख ५० हजारसम्म आम्दानी हुने गरेको छ। 

उनले एउटा विरुवालाई रु १० देखि रु २० सम्ममा बिक्री गर्दै आएका छन्। उनको व्यावसायिक भुइँकटहरका लागि नगरपालिकाले अनुदान स्वरुप रु ७७ हजार उपलब्ध गराइसकेको छ।

प्रकाशित: Nov 06, 2024| 09:00 बुधबार, कात्तिक २१, २०८१
प्रतिक्रिया दिनुहोस्