सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

हप्ता दिन नबित्दै सुनसरीमा साढे ६ सय किलो गाँजा बरामद

 |  शनिबार, कात्तिक १७, २०८१
nespernesper

सन्तोष गुप्ता

सन्तोष गुप्ता

शनिबार, कात्तिक १७, २०८१

बराहक्षेत्र- हप्ता दिन नबित्दै सुनसरी जिल्लाको कोशी र बर्जु गाउँपालिकामा प्रहरीले ६ सय ३७ किलो अवैध लागू पदार्थ गाँजा पक्राउ गरिएको छ।

triton college

इलाका प्रहरी कार्यालय भण्टावारी र अस्थायी प्रहरी पोष्टको संयुक्त टोलीले कार्तिक १७ गते कोशी गापाको वडा ७ हरिपुरको महेन्द्र लोकमार्ग सडकमा ट्रकवाट ३ सय ४० किलो र कार्तिक ११ गते बर्जु गाउँपालिकबाट ९ वोरामा राखिएको २ सय ९७ केजी गाँजा बरामद गरिएको सुनसरी जिल्ला प्रहरी कार्यलयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राम तिमिल्सिनाले बताएका छन्।

कार्तिक १७ गते शनिबार कोशी गाउँपालिकाको वडा नम्बर ७ हरिपुर स्थित इलाका प्रहरी कार्यालय भण्टावारी र अस्थायी प्रहरी पोष्टको संयुक्त टोलीले महेन्द्र लोकमार्गमा पुर्वबाट पश्चिम जाँदै गरेको प्रदेश १-०२-००२ ख ०४१४ नम्बरको ट्रकबाट ११ वटा वोरामा ३ सय ४० किलोग्राम गाँजा वरामद गरेको छ।

मालवाहक ट्रक चेकजाँच गर्ने क्रममा रोक्न खोज्दा ट्रक छाडेर चालक भागेपछि शंका लागि जाँच गर्दा ट्रकको माथिल्लो भागको छतभित्र फल्स बटम बनाई राखिएको उक्त गाँजा वरामद गरिएको प्रवक्ता डिएसपी तिमिल्सिनाले जानकारी दिए। कार्तिक ११ गते आईतवार इलाका प्रहरी कार्यालय साहेवगञ्ज र सशस्त्र प्रहरी वि.पि.ओ. हरिवनले जिल्लाको वर्जु गाउँपालिकामा २ सय ९७ किलोग्राम गाँजासहित एक व्यक्तिलाई पक्राउ गरेको प्रवक्ता तिमिल्सिनाले जानकारी दिए।

वोरामा राख्दै गरिरहेको सूचना पाएर गएको प्रहरीलाई देख्ना साथ भाग्दै गरेका गाउँपालिकाको वडा नम्बर ४ निवासी शंकर मण्डलवाट ४ वोरा र उखुवारीमा लुकाई राखिएको ५ वोरामा गरी ९ वोरामा २ सय ९७ केजी गाँजा बरामद गरिएको प्रवक्ता तिमिल्सिनाले बताए।

Metro Mart
vianet

यसैगरी ११ गते आईतवार धरान उपमहानगरपालिकाको वडा नम्बर ६ पानवाराको प्रहरी चौकीको प्रहरी अधिकृतको टोलीले पनि २० किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

को ३२ प १७५० नम्बरको मोटरसाइकलमा आईरहेका बाईक चालक धनकुटा जिल्लाको साघुंरिगढी गाउँपालिका को वडा नंबर १ घर भएका बुद्धराज लिम्बू र पछाडि बसेका महाप्रसाद लिम्बुको साथ वाट २० किलो गांजा बरामद गरिएको प्रहरीले बताएको छ।

वरामद गांजा सहित ट्रक लाई जिल्ला प्रहरी कार्यालयमा र ९ वोरा सहित पक्राउ गरिएका शंकर मण्डललाई इप्रका दुहबी र बुद्धराज र महाप्रसाद लिम्बुलाई इप्रका धरान मा राखी अनुसन्धान भइरहेको  तिमिल्सिनाले जानकारी दिएका छन ।

यसैगरी कार्तिक १६ गते   सुनसरी  जिल्लाको इनरूवा नगरपालिका वडा नं. ६ मधेशामा जुवा खेलिरहेका १६ जनालाई नगद २ लाख ८३ हजार ९ सय ६५ रुपैयाँ सहित पक्राउ गरिएको छ।

अवैध रूपमा जुवा तास खेली रहेको गोप्य सूचना पाएर गएको जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी अधिकृतको टोलीले इनरुवा नगरपालिकाको वडा नंबर ६ घर भएका उग्र नारायण चौधरी,तिर्थराज अधिकारी, झगरु चौधरी,ईन्देश सरदार,  गौरब कोईराला, बाल कृष्ण कोईराला,दिनेश पोखरेल,अमित कार्की,सुमन बिश्वकर्मा,जिवन तामाङ, गोपाल बहादुर चौहान,राजिव दुलाल,श्रवण कुमार तामाङ र युजिन कोईराला तथा इटहरी उपमहाको वडा नंबर १३ बस्ने नेमलाल, वडा १२ का भरत कटवाल  लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जानकारी दिएको छ।

नगद सहित १६ जनालाई जिल्ला प्रहरी कार्यलय सुनसरीमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।

प्रकाशित: Nov 02, 2024| 13:09 शनिबार, कात्तिक १७, २०८१
प्रतिक्रिया दिनुहोस्