मंगलबार, जेठ १९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • जनताले प्राप्त गरेको अधिकारको रक्षा र थप विकासका लागि माओवादीले निरन्तर अभियान चलाउँछ : अध्यक्ष प्रचण्ड

जनताले प्राप्त गरेको अधिकारको रक्षा र थप विकासका लागि माओवादीले निरन्तर अभियान चलाउँछ : अध्यक्ष प्रचण्ड

 |  शनिबार, कात्तिक १०, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १०, २०८१
National life
Shivam cement

काठमाडौं-  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताले प्राप्त गरेको अधिकारको रक्षा र थप विकासका लागि आफ्नो पार्टीले निरन्तर अभियान चलाउने बताएका छन्।
    
माओवादी केन्द्रको वाग्मती प्रदेश समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले आफ्नो पार्टी जनअधिकार संरक्षण गर्न लागिपरेको र थप अधिकार प्रदान गर्न उद्यत रहेको उल्लेख गरे। उनले पूर्ववर्ती सरकारले विद्युत् व्यापार सम्झौता गरेको, आर्थिक विकास एवं सुशासनका पक्षमा प्रतिबद्ध भएर अभियान सञ्चालन गरेको तथा चीन र भारतसँग सुदृढ सम्बन्धको विकास गरी मुलुकको हितमा काम गरेको स्मरण गरे।

पूर्वप्रधानमन्त्री दाहालले कुशासन र अनियमितताका विरुद्धमा निर्मम भएर प्रस्तुत हुन सरकारलाई आग्रह गरे। आगामी निर्वाचनमा माओवादी एक्लै जाने स्पष्ट पार्दै उनले पहिलो पार्टी भएर देखाउने दाबी गरे। विभिन्न समूहमा विभक्त माओवादी धारका पार्टीबीच पनि चाँडै एकता हुने उनले बताए।

उत्पादन अभियानलाई निरन्तर रुपमा अगाडि बढाउने र युवालाई रोजगारी प्रदान गर्ने बताउँदै अध्यक्ष दाहालले निर्वाचन प्रणालीका कारण अनियमितता बढेको बताएका छन्।

प्रकाशित: Oct 26, 2024| 17:04 शनिबार, कात्तिक १०, २०८१
प्रतिक्रिया दिनुहोस्