बुधबार, चैत ४, २०८२

पार्किङ गरिएको मोटरसाइकलमाथि पुरुषको शव फेला

विराटनगरमा रोकिराखेको मोटरसाइकलमाथि एक जना पुरुषको शव फेला परेको छ।
 |  मंगलबार, साउन ५, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

मंगलबार, साउन ५, २०७८

विराटनगर- विराटनगरमा रोकिराखेको मोटरसाइकलमाथि एक जना पुरुषको शव फेला परेको छ। सोमबार राति विराटनगर महानगरपालिका(५ बिजुली अफिस चोकमा रोकिराखेको मोटरसाइकलमा बसेको जस्तै अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

National life

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार को४प २३१६ नम्बरको मोटरसाइकलमा शव फेला परेको हो। मृत भेटिएका व्यक्ति विराटनगर(५ मुनालपथका ६७ वर्षीय सुदर्शन न्यौपाने रहेको प्रहरी प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए। न्यौपानेलाई राति ८ः३० बजेतिर मृत फेला पारिएको एसपी जिसीले बताए।

शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाएको छ। ‘घटनास्थलको अवस्था हेर्दा स्टेण्ड लगाएको मोटरसाइकलमाथि सुतेर आराम गरेजस्तो देखिन्छ,’ उनले भने, ‘स्वास्थ्यमा कुनै समस्या आएर आराम गर्ने क्रममा मोटरसाइकलमाथि नै मृत्यु भएको हो कि भन्ने आशंका छ।’ जिसीका अनुसार मोटरसाइकल न्यौपानेकै भएको खुलेको छ।

मोटरसाइकल चलाउन खोजेजस्तो ‘पोजिसन’मा शव भेटिएको प्रहरीले जनाएको छ। उनको शव भेटिएको समयमा विराटनगरमा भीषण वर्षा भइरहेको थियो।

प्रकाशित: Jul 20, 2021| 08:36 मंगलबार, साउन ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।