सोमबार, जेठ १८, २०८३

प्रतितोला चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान

 |  शुक्रबार, असोज १८, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १८, २०८१
National life
Shivam cement

काठमाडौं- स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा समान्य वृद्धि भएको छ। लगातार ओरालो लाग्दै आएको सुनको मूल्य आज तोलामा रु चार सयले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख ६० हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि प्रतितोला रु एक लाख ६१ हजार तीन सय निर्धारण भएको छ।

यस्तै, चाँदीको मूल्य प्रतितोला रु तीसले वृद्धि भएको छ। बिहीबार प्रतितोला रु एक हजार नौ सय ५० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार नौ सय ८० निर्धारण भएको छ। 

प्रकाशित: Oct 04, 2024| 12:12 शुक्रबार, असोज १८, २०८१
प्रतिक्रिया दिनुहोस्