मंगलबार, पुस १, २०८२

१५ करोड लागतमा करिब ६ किमी सडक कालोपत्रे थालियो

 |  मंगलबार, असोज १५, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १५, २०८१

तनहुँ- यहाँको ऋषिङ गाउँपालिकामा पर्ने सिमनाथ-काहुँ सडकखण्डमा कालोपत्र सुरु गरिएको छ।

National life

गण्डकी प्रदेश सरकारको १५ करोड रूपैयाँ लागतमा करिब ६ किलोमिटर सडक कालोपत्र थालिएको हो। पहिलो चरणमा ऋषिङको थप्रेक सिमनाथदेखि काँहुसम्म सडक कालोपत्र गरिने गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए।

उनका अनुसार सदरमुकाम दमौलीबाट ऋषिङ पुग्ने छोटो दुरीको यस सडकलाई प्राथामिकतामा राखेर काम गरिएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए।

'जिल्लाको ऋषिङ मात्रै नभइ छिमेकी जिल्ला नवलपुरको बुलिङटार डेढगाउँ जोड्ने छोटो दुरीको सडक समेत रहेको छ,' उनले भने, 'जसले गर्दा सवारी आवतजावतमा छिटो पुग्न सकिन्छ।'

सडक विस्तार, ‘रिटेनिङ वाल’ निर्माणसहितको कालोपत्र चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी अघि बढाइएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए।

Laxmi sunrise bank
kumari

तनहुँ क्षेत्र नं २ का प्रतिनिधि सभासदस्य शंकर भण्डारी र गण्डकी प्रदेशका पूर्वमन्त्री अर्थमन्त्री जीतप्रकाश आलेको पहलमा बजेट विनियोजन भएको सो गाउँपालिकाले जनाएको छ। रासस

प्रकाशित: Oct 01, 2024| 21:31 मंगलबार, असोज १५, २०८१
प्रतिक्रिया दिनुहोस्