सोमबार, मंसिर २९, २०८२

मनसुन अझै सक्रिय हुँदै, भारीदेखि धेरै भारी वर्षाको सम्भावना

 |  सोमबार, असोज ७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असोज ७, २०८१

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले भोलि (मंगलबार)देखि नेपालको मौसम थप सक्रिय हुने जनाएको छ। सोमबार साँझ विशेष बुलेटिनमार्फत विभागले बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावाको प्रभावले मौसम थप सक्रिय हुने जनाएको हो।

National life

विभागका अनुसार, मंगलबार दिउँसोदेखि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। लुम्बिनी प्रदेशका पश्चिमी भू–भाग तथा सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। केही स्थानहरूमा मध्यम वर्षा र एक–दुई  स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ।

सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशका बाँकी भू–भाग, कोसी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको तथा मधेश प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

बुधबार पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

विभागका अनुसार, सुदूरपश्चिम प्रदेशका थोरै तथा कोसी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना  छ।

Laxmi sunrise bank
kumari

कोसी, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेस प्रदेशका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ। यसैगरी, असोज १० गते (बिहीबार)देखि असोज १२ गते (शनिबार)सम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। त्यस अवधिमा देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

साथै, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै तथा कोसी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ। कोसी प्रदेश, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना छ।

विभागले वर्षाले विषेशगरी कृषि क्षेत्रमा प्रभाव पार्ने देखिएकाले कृषि कर्महरू सुरु गर्नुभन्दा अगाडि मौसम जानकारी तथा पूर्वानुमान नियमित हेर्न आग्रह गरेको छ।

प्रकाशित: Sep 23, 2024| 21:28 सोमबार, असोज ७, २०८१
प्रतिक्रिया दिनुहोस्