सोमबार, असोज ७, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • डेढ दशकअघि खुलेको धवलागिरीको धारापानी-झिनडाँडा सडक स्तरोन्नति थालियो

डेढ दशकअघि खुलेको धवलागिरीको धारापानी-झिनडाँडा सडक स्तरोन्नति थालियो

 |  सोमबार, असोज ७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असोज ७, २०८१

काठमाडौं- म्याग्दी- धवलागिरि गाउँपालिका-७ धारापानीदेखि ताकम-शिवाङ हुँदै झिनडाँडासम्मको सडक स्तरोन्नतिको काम सुरु भएको छ। मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी-दरवाङ-धारापानी-ताकम-मुना सडकअन्तर्गत धारापानीदेखि झिनडाँडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्न लागिएको हो।

triton college

डेढ दशकअघि मार्ग खुलेको सडक स्तरोन्नति थालिएको धवलागिरि-७ का वडाध्यक्ष अशोक खत्रीले जानकारी दिए। स्थानीयको सहमति र आग्रहअनुसार धारापानी तथा ताकम गाउँभित्रको सडकलाई पक्की बनाउने गरी डिजाइन (नक्सांकन) भएको छ।

धारापानीमा विसं २०६६ मा सडक पुगेको थियो। यो सडक धवलागिरिको वडा नं ५ का बासिन्दाले प्रयोग गर्ने प्रमुख मार्ग हो। सडक स्तरोन्नति हुन थालेपछि स्थानीय उत्साहित भएका छन्।

चार किलोमिटर दुरीको यो सडक स्तरोन्नतिका लागि विसं २०८१ जेठ २० गते रामसागर-बिएस धौलागिरि जेभी र पूर्वाधार विकास कार्यालयबीच १४ करोड ६१ लाख ६१ हजार रूपैयाँमा ठेक्का सम्झौता भएको थियो।

कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले दुई वर्षको ठेक्का अवधि भएको योजनाको निर्माण कम्पनीले सडक फराकिलो पार्ने, नाली र टेवा पर्खाल निर्माणको काम थालेको बताए। आठ मिटरका दरले सडकलाई फराकिलो बनाइने भएको छ।

Metro Mart
vianet

यो सडक हाल चारदेखि पाँच मिटर फराकिलो छ। म्याग्दीदेखि ढोरपाटन हुँदै पूर्वीरुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको तुलनामा ७० किलोमिटर छोटो पर्ने जिल्लाका जनप्रतिनिधिले बताएका छन्।

म्याग्दी १ (२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले यो सडक आयोजनाअन्तर्गत झिनडाँडादेखि मुनातर्फ र हालै ग्राभेल भएको दरवाङ-धारापानी खण्डमा कालोपत्रसहित स्तरोन्नति गर्न प्रदेश तथा संघीय सरकारको लागत साझेदारीमा रु एक अर्ब बजेटको आयोजनाको यसै आर्थिक वर्षदेखि सुरु हुने जानकारी दिए।

हाल मरेनी पुगेको कच्ची सडकलाई विस्तार गरेर ढोरपाटन जोड्न सडक डिभिजन कार्यालयमार्फत कार्यान्वयन हुने गरी थप ६ करोड ५० लाख रूपैयाँ विनियोजन भएको जुग्जालीले बताए।

प्रदेश सरकारको लगानीमा दरवाङदेखि धारापानी जोड्ने करिब सात किलोमिटर सडक गत वर्ष ग्राभेल भएको थियो। राससमा सरुवा रोगका बिरामीको चाप रहेको छ। अस्पतालमा डेंगी, स्क्रब टाइफस र रेबिजका बिरामीको चाप बढेको हो।

अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले एक हप्तायता बिरामीको चाप बढेको बताए। उनले बिरामीको चापका कारण अस्पतालमा शय्याको अभाव हुन थालेको उल्लेख गरे। उनका अनुसार, अस्पतालमा डेंगी, स्क्रब टाइफस र रेबिजका ५५ बिरामी भर्ना गरी उपचाररत छन्।

अस्पतालका निर्देशक डा. बसौलाले हाल दैनिक आठ बिरामी उपचारका निम्ति आउने गरेका बताए। तीमध्ये धेरै डेंगी, स्क्रब टाइफस र रेबिजका बिरामी रहेका छन्।

भदौयता डेंगीका १९५, स्क्रब टाइफसका १३ र सर्पदंशका ७१ बिरामीले उपचार गराएका छन्। स्क्रब टाइफस मुसामा लाग्ने किर्नाजस्तो देखिने किराको टोकाइबाट मानिसमा सर्ने गर्छ।

मुसामा हुने किर्ना प्रायः खेतबारी, वनजंगल, घर वरिपरिको झाडी वा घुरान हुने ठाउँमा देखिने गर्छ। हिजोआज मानिस घाँसपात गर्न जाने गर्छन् र सोही किर्नाले टोकेपछि मानिसमा सर्छ। चिकित्सकका अनुसार, मानिसबाट मानिसमा स्क्रब टाइफस सर्दैन।

धेरै ज्वरो आउनु, धेरै टाउको दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडापखाला लाग्नु, विस्तारै शरीरका मुख्य अंगले काम गर्न छाड्नु, किराले टोकेको ठाउँमा रातो दाग देखिने र पछि कालो दाग बस्नेजस्ता स्क्रब टाइफसका लक्षण हुन्।

समयमा यसको उपचार नगरिए मिर्गौला, कलेजोमा असर पर्ने अस्पतालका निर्देशक डा. बसौलाले बताए। १०० शय्याको स्वीकृत पाएको अस्पतालमा हाल ८५ शय्यामा सञ्चालनमा छ। रासस

प्रकाशित: Sep 23, 2024| 19:01 सोमबार, असोज ७, २०८१
प्रतिक्रिया दिनुहोस्