सोमबार, असोज ७, २०८१

कांग्रेसको नेतृत्वमा युवाहरूलाई अघि बढाउनुपर्छ: कोइराला

 |  शनिबार, असोज ५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असोज ५, २०८१

नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले पार्टी नेतृत्वका लागि युवाहरुलाई अघि बढाउनुपर्ने बताएका छन्।

triton college

कांग्रेसका युवाहरु अघि बढेकाले उनीहरुलाई नेतृत्वमा ल्याउनका लागि पार्टीले प्रोत्साहित गर्नुपर्ने उनको भनाइ थियो। शनिबार धुलिखेलमा वीपी कोइरालाको सालिक अनावरण कार्यक्रममा बोल्दै उनले युवाहरुको मागलाई पार्टीले सम्बोधन नगरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे।

शेरबहादुर देउवा सदावहार पार्टी सभापति नहुने भएकाले पनि त्यसमा युवाहरुलाई ल्याउनुपर्ने उनको भनाई थियो। वीपी कोइरालाले पदबाट राजीनामा दिएर कृष्णप्रसाद भट्टराईलाई पार्टी सभापतिको पदको जिम्मेवारी दिएको उल्लेख गर्दै नेता कोइरालाले त्यसबाट सिकेर अहिलेको नेतृत्वले पनि नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्दै अघि बढ्नुपर्ने बताए।

उनले कांग्रेसले आफ्नै खुट्टामा उभिएर अघि बढ्नुपर्ने बताए। ‘६० प्रतिशत मानिसहरु ४० वर्षमुनिका छन्। तर नेताहरुले कहिल्यै पनि तिनीहरुलाई सम्बोधन गरेनन्। सबै बुढाहरुका लागि मात्रै सम्बोधन गरे। हामीले कहिल्यै पनि युवाहरुलाई सम्बोधन गर्न सकेनौं। जहिले पनि मन्त्रीहरु बुढैहरु बन्छन्। युवाहरुले कहिल्यै चान्स नै पाउँदैनन्,' कोइरालाले अघि भने, 'मन्त्री मात्रै होइन, कुनै पनि ठाउँमा युवाहरुलाई प्रोत्साहन किन गर्दैनौं हामी ? भोलिको राजनीति त उनीहरुको हातमा दिनुपर्ने हो। '
 

प्रकाशित: Sep 21, 2024| 18:33 शनिबार, असोज ५, २०८१
प्रतिक्रिया दिनुहोस्