बिहीबार, असोज ३, २०८१

मधेश प्रदेशमा पहिलोपटक संविधान दिवस मनाइयो

 |  बिहीबार, असोज ३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ३, २०८१

मधेश सरकार गठनको ८ वर्षपछि प्रदेश सरकारले पहिलो पटक औपचारिक रुपमा विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाएको छ। मधेस प्रदेशको गृह सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा आज जनकपुरधामको रामानन्द चोकबाट बाजागाजासहित प्रभातफेरी गरिएको थियो ।

triton college

त्यसपछि महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्रमा पुगेर कोणसभामा परिणत भएको थियो। प्रभातफेरीमा मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल, गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीलगायत मन्त्री, सुरक्षा निकायका प्रमुख, विभिन्न कलेजका विद्यार्थी सहभागी थिए।

प्रदेश सरकारले संविधान दिवसको अवसरमा गरेको कार्यक्रममा प्रदेश सरकारमा लोसपाबाहेक सबै दलका मन्त्री सहभागी भए। लोसपाले संविधान दिवसको विरोधमा कालो दिवस मनाइरहेको छ।

कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले संविधानको त्रुटि संशोधनमार्फत सच्याउन सकिने बताए। मधेसको गृह सञ्चार तथा कानुन मन्त्रालयले प्रदेश सरकार स्थापनाको ८ वर्षपछि पहिलो पटक संविधान दिवसका अवसरमा औपचारिक कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा मुख्यमन्त्री सिंहले संविधान अपरिवर्तनीय दस्तावेज नरहेकाले संशोधनमार्फत त्रुटी सच्याउन सकिने बताए। उनले अहिले संविधानको विरोधभन्दा प्राप्त उपलब्धि रक्षा तथा संस्थागत गर्नतर्फ केन्द्रित हुनु हरेक नेपालीको कर्तव्य रहेको बताए । उनले भने ‘अहिले संविधानलाई पूर्ण बनाउन संशोधन आवश्यक छ, जुन दल संशोधन सुन्नसम्म चाहँदैन थिए तिनै अहिले तयार छन्, यसको फाइदा लिन सक्नु पर्छ ।’
सभामुख रामचन्द्र मण्डलले संविधान गतिशील दस्तावेज रहेकाले विरोध गर्नुको तुक नरहेको बताए। उनले संविधान दिवसको विरोधमा कालो दिवस मनाएर जनतामा भ्रम सिर्जना गर्नुको साटो यसका सकारात्मक पाटोको प्रचारतर्फ लाग्नुपर्ने बताए।

प्रकाशित: Sep 19, 2024| 14:11 बिहीबार, असोज ३, २०८१
प्रतिक्रिया दिनुहोस्